Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

युक्रेन-रुस युद्ध: यस्ता छन् शान्ति सम्झौताका लागि पुटिनले सारेका सर्तहरू

युक्रेन-रुस युद्ध: यस्ता छन् शान्ति सम्झौताका लागि पुटिनले सारेका सर्तहरू


  • 3.9K
    Shares

    युक्रेन-रुस युद्ध: यस्ता छन् शान्ति सम्झौताका लागि पुटिनले सारेका सर्तहरू
    images

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि विभिन्न सर्त प्रस्तुत गरेका छन् । बिहीबार टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनसँग रुसी राष्ट्रपति पुटिनले गरेको फोनवार्ताका क्रममा युक्रेनसँग शान्ति सम्झौता गर्नका लागि विभिन्न सर्तहरू प्रस्तुत गरेका हुन् ।

    करिब आधा घण्टा लामो फोनवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले युक्रेनसँगका आफ्ना मागहरूलाई दुई भागमा विभाजन गरेर बताएको टर्किस राष्ट्रपति एर्दोगानका प्रमुख सल्लाहकार तथा प्रवक्ता इब्राहिम कलिनलाई उद्धृत गर्दै  बीबीसीका परराष्ट्र मामिला सम्पादक जोन सिम्पसनले बताएका छन् ।

    राष्ट्रपति पुटिनका प्रथम चार माग पूरा गर्न युक्रेनलाई अप्ठ्यारो नहुने तर बाँकी माग पूरा गर्न भने कठिन हुने प्रवक्ता कलिनले बताए ।

    रुसले प्रस्तुत गरेका केही माग भने युक्रेनले स्विकारिसकेको छ । रुसद्वारा प्रथम भागमा समेटिएका तटस्थ रहनुपर्ने‚ नेटोसँग आबद्ध हुन नपाउने‚ युक्रेन निःशस्त्रीकरणमा जानुपर्ने‚ युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्नेलगायतका मागहरू पूरा गर्न युक्रेन सकारात्मक देखिएको तर केहि मागहरू भने जटिल रहेको बीबीसीले उल्लेख गरेको छ । तर‚ रुसले राखेको डी-नाजिफिकेसन अर्थात् नाजीकरण रोक्नुपर्ने माग युक्रेनका लागि कठिन हुन सक्ने आकलनसमेत गरिएको छ ।

    युक्रनी राष्ट्रपति आफैं यहूदी रहेको र हिटलरको शासनमा भएको होलोकास्ट (नरसंहार)मा उनका केही आफन्तहरूको समेत मृत्यु भएकाले उनले यो माग सहजै स्विकार्न नसक्ने आकलनहरू समेत गरिएका छन् । तर‚ युक्रेनीहरूले भने यो माग स्विकार्न राष्ट्रपति जेलेन्स्कीलाई गाह्रो नहुने दाबी गरेका छन् ।

    रुसले प्रथम भागमा समावेश गरेका मागहरू ‘फेस सेभिङ’का लागि मात्र प्रस्तुत गरिएको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ ।

    प्रथम भागमा रहेका मागहरू स्वीकार गर्न युक्रेनका लागि सहज भए पनि दोस्रो भागमा समाविष्ट माग स्विकार्न कठिन हुन सक्ने प्रवक्ता कलिनलाई उद्धृत गर्दै बीबीसी संवाददाता सिम्पसनले बताएका छन् ।

    रुसद्वारा प्रस्तुत दोस्रो भागमा रहेको मागमा पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ‘वान-टू-वान’ वार्ता गर्न चाहेको बताएका छन्; यो दोस्रो भागमा समावेश भएको प्रमुख मागसमेत भएको कलिनले बताए । रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहिरहेको तर वार्तामा रुसले अझै कठिन मागहरू राख्न सक्ने बीबीसीले जनाएको छ ।

    रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबी हुने भनिएको उक्त वार्तामा रुसले युक्रेनको पूर्वीभाग रुसलाई दिनुपर्ने माग राख्नसक्ने‚ सन् २०१४ मा रुसले अवैधानिक रुपमा कब्जामा लिएको क्राइमियालाई रुसकै क्षेत्रको रुपमा स्वीकार गर्नुपर्नेलगायत माग राख्न सक्ने प्रवक्ता कलिनले बताएका छन् ।

    तर‚ रुसले कब्जा गरेको क्राइमिया रुसी राष्ट्रपति पुटिन सत्तामा आउनुअघि युक्रेनकै भूभागभित्र पर्ने भएकाले यसलाई युक्रेनले सहज रुपमा स्विकार्न नसक्ने आकलन समेत गरिएको छ ।

    यदि राष्ट्रपति पुटिनले प्रस्तुत गरेका मागहरू युक्रेनले पूरा नगरे रुसले यसैलाई बाहना बनाएर युद्ध जारी राख्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।

    टर्किस राष्ट्रपति एर्दोआन र रुसी राष्ट्रपति पुटिनबीच भएको फोनवार्ता सुनेका कलिनका अनुसार युद्धविरामका लागि यी मागहरू पूरा गर्न युक्रेनलाई कठिन नभएको बताएका छन् ।

    प्रकाशित मिति :चैत्र ४ २०७८ शुक्रवार - १५:०४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij