Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

रुस-युक्रेन युद्धको २१ औं दिन, अहिलसम्म के-के भयो ?

रुस-युक्रेन युद्धको २१ औं दिन, अहिलसम्म के-के भयो ?


  • 3.4K
    Shares

    रुस-युक्रेन युद्धको २१ औं दिन, अहिलसम्म के-के भयो ?
    images

    रूस र युक्रेनबीच २१ दिनदेखि युद्ध जारी छ । रूसले युक्रेनको राजधानी किभलाई नियन्त्रण लिनका लागि लगातार प्रयास गरिरहेको छ । त्यस्तै, रुसी सेनाले युक्रेनी सैनिकको पनि कडा सामना गर्नु परिरहेको छ ।

    यसैबीच दुई देशबीच शान्ति वार्ता पनि चलिरहेको छ तर हालसम्म कुनै समाधान निस्किएको छैन । युक्रेनका धेरै सहरहरूमा हवाई हमला गर्नुअघि साइरन बजिरहेको छ ।

    रुस र युक्रेनबीचको चौथो चरणको शान्ति वार्तामा केही प्रगति देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्ति वार्ताको बारेमा भने कि अब यस्तो देखिन्छ कि 'वास्तविक वार्ता' रूससँग भइरहेको छ ।

    स्लोभेनिया, चेक गणतन्त्र र पोल्याण्डका प्रधानमन्त्रीहरू युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्न रेलबाट किभ आइपुगेका छन् ।

    युक्रेनका जनतालाई सम्बोधन गर्दै स्लोभेनियाका प्रधानमन्त्रीले भने, ‘तपाईंहरू एक्लै हुनुहुन्न । तपाईंहरूको लडाइँ हाम्रो पनि लडाइँ हो ।'

    युक्रेनको राजधानी किभमा अझै पनि बम विष्फोट जारी छ र त्यहाँ ३५ घण्टाका लागि कर्फ्यू पनि लगाइएको छ । मंगलबार भएको हवाई हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

    मारिऊपोलका मेयरले रुसी सेनाले ४ सय चिकित्सक र बिरामीलाई बन्धक बनाएको बताएका छन् । अमेरिकाले युक्रेनलाई १ अर्ब डलर सैन्य सहायता उपलब्ध गराउने बताएको छ ।

    संयुक्त राष्ट्रसंघले युद्ध सुरु भएयता ७० हजार बालबालिका शरणार्थी बन्ने बताएको छ । युक्रेनबाट आउने शरणार्थीको संख्या अहिले ३० लाख नाघेको छ ।

    रूसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र सीआईए प्रमुख विलियम बर्न्समा पनि लागू हुनेछन् ।

    प्रकाशित मिति :चैत्र २ २०७८ बुधवार - १४:२२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij