Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

फेसबुकपछि रूसले लगायो इन्स्टाग्राममाथि प्रतिबन्ध, टिकटक पनि बन्द गर्दै

फेसबुकपछि रूसले लगायो इन्स्टाग्राममाथि प्रतिबन्ध, टिकटक पनि बन्द गर्दै


  • 4.1K
    Shares

    फेसबुकपछि रूसले लगायो इन्स्टाग्राममाथि प्रतिबन्ध, टिकटक पनि बन्द गर्दै
    images

    रूस सरकारले सामाजिक सञ्जाल इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । यसअघि फेसबुकमा प्रतिबन्ध लगाएको रुसले अहिले इन्स्टाग्राममा पनि प्रतिबन्ध लगाएको हो।

    पछिल्ला दिनहरुमा रूस र यूक्रेनबीच चलिरहेको युद्धमा सामाजिक सञ्जालका प्लेटफर्म पनि युद्धको एउटा केन्द्र बनेको थियो । गूगलले रूसी स्टेट मिडियाको यूट्यूब च्यानलको विज्ञापनलाई हटाइदिएको छ । ट्विटरले रूस र यूक्रेनबीच जारी युद्धबीच विज्ञापनमा रोक लगाएको छ।

    यस्तै, मेटाको स्वामित्वमा रहेको फेसबुक एपमा रूसले अगावै प्रतिबन्ध लगाइसकेको छ। अब मेटा कै स्वामित्वमा रहेको दोस्रो एप इन्स्टाग्रामलाई पनि रूसमा प्रतिबन्धित गरिएको छ।

    फेसबुक र इन्स्टाग्राम बाहेक रूसमा टिकटकमा पनि आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। टिकटक प्रयोगकर्ताहरूले अपलोड गरेको भिडियो हेर्न सक्छन्‚ तर नयॉं भिडियो अपलोड गर्न सक्दैनन्।

    प्रकाशित मिति :फाल्गुण ३० २०७८ सोमवार - १६:४६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij