Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

आफूविरुद्ध प्रतिबन्ध लगाएपछि रुसद्वारा ४८ असहिष्णु देशहरुको सूची सार्वजनिक, को को परे ?

आफूविरुद्ध प्रतिबन्ध लगाएपछि रुसद्वारा ४८ असहिष्णु देशहरुको सूची सार्वजनिक, को को परे ?


  • 4.5K
    Shares

    आफूविरुद्ध प्रतिबन्ध लगाएपछि रुसद्वारा ४८ असहिष्णु देशहरुको सूची सार्वजनिक, को को परे ?
    images

    रुसले ४८ देशहरुलाई समेटेर असहिष्णु राष्ट्रको सूची सार्वजनिक गरेको छ । युक्रेनमाथि आक्रमण गरेपछि आफ्नो मुलुकमाथि नाकाबन्दी र प्रतिबन्धहरुको घोषणा गर्ने ४८ देशहरुलाई समेटेर रुसले सूची सार्वजनिक गरेको हो ।

    यो सूचीमा युरोपेली युनियन र नेटोका सबै देशहरुका साथै जापान, दक्षिण कोरिया, ताइवान जस्ता देशहरु पनि समेटिएका छन् ।

    आइन्दा सूचीमा समावेश देशहरुका कम्पनीले घरजग्गा किनबेच, वित्तीय कारोबार र रुसी मुद्रा रुबलमा हुने कारोबारका लागि रुस सरकारबाट ‘विशेष अख्तियारी’ लिनुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध युरोपेली युनियन इयूसहित विभिन्न मुलुकहरुले आर्थिक प्रतिबन्ध एवम् नाकाबन्दीको घोषणा गरेका छन् ।

    रुसी सञ्चारमाध्यमले यिनै नाकाबन्दी र प्रतिबन्धको जवाफमा यस्तो सूची सार्वजनिक गरेको दाबी गरेका छन् ।

    सूचीमा समावेश देशहरु– अमेरिका, क्यानाडा, इयूका २७ मुलुकहरु, बेलायत, युक्रेन, मोन्टेनेग्रो, अष्ट्रेलिया उत्तर मेसेडोनिया, स्विट्जरल्याण्ड, जापान, दक्षिण कोरिया, अल्बानिया, एण्डोरा, आइसल्याण्ड, लिक्टेन्स्टाइन, मोनाको, नर्वे, सान मारिनो, माइक्रोनेशिया, न्युजिल्याण्ड, सिंगापुर र ताइवान ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १२:२३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij