Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

रुस बन्यो विश्वको सबैभन्दा बढी प्रतिबन्धित राष्ट्र

रुस बन्यो विश्वको सबैभन्दा बढी प्रतिबन्धित राष्ट्र


  • 4.2K
    Shares

    रुस बन्यो विश्वको सबैभन्दा बढी प्रतिबन्धित राष्ट्र
    images

    युक्रेनमाथि आक्रमण गरेसँगै रुस विश्वको सबै भन्दा बढी प्रतिबन्धित राष्ट्र बनेको छ । रुसले प्रतिबन्ध लागेका राष्ट्रमा इरान र उत्तर कोरियालाईसमेत उछिनेको छ ।

    संयुक्त राज्य अमेरिका र युरोपेली राष्ट्रहरूको नेतृत्वमा रुसमाथि २ हजार ७ सय ७८ नयाँ प्रतिबन्ध लागेका छन् । विश्वव्यापी प्रतिबन्ध ट्र्याकिङ गर्ने डाटाबेस क्यासटेलम डट एआईका अनुसार नयाँ थपिएका प्रतिबन्धसहित रुसमाथि कुल ५ हजार ५ सय ३ नयाँ प्रतिबन्ध लागेका छन् ।

    इरानले यसअघि ३ हजार ६ सय १६ प्रतिबन्धको सामना गरेको थियो । जबकि सिरिया र उत्तर कोरियामाथि क्रमशः २,६०८ र २,०७७ प्रतिबन्धहरू छन् ।

    रुसको केन्द्रीय बैंकमाथि प्रतिबन्ध, प्रमुख रुसी वित्तिय संस्थामाथि प्रतिबन्ध एवं स्विफ्ट अन्तर्राष्ट्रिय प्रणालीबाट रुसी बैंकहरु हटाइएको छ । यीलगायत अन्य कयौं प्रतिबन्धहरु रुसमाथि लगाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - ११:२२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij