२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    रुस-युक्रेन युद्ध चलिरहेका बेला यता चीनले अर्को कडा कदम चालेकू छ। चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पुर्याउने भएको छ ।
चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिबेशनको उद्घाटनमा बजेटको मस्यौदा जारी गरेको हो ।“राष्ट्रिय रक्षा खर्चमा २२९.५ अर्ब अमेरिकी डलर छुट्याएको हो । यो अघिल्लो बर्षको तुलनामा ७.१ प्रतिशतको वृद्धि हो ।” एक अर्को सरकारी प्रतिवेदनमा जानकारी गराइए अनुसार सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ ।
संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ र यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारहरूमा लगानी गरिरहेको अमेरिकी समाचार संस्था वाशिङ्गटन पोस्टले बताएको छ । सन् २०२१ को मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो । यो अघिल्लो बर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो । यो सन् २०२० मा भएको ६.६ प्रतिशत वृद्धिभन्दा बढी थियो ।
कस्ता हतियार प्रयोग हुँदैछन् युक्रेनमा? सेप्टेम्बर २०२० मा सुरु भएको अजरबैजान र अर्मेनियाबीचको ४४ दिने युद्धलाई हेरेर प्रविधिका कारण लडाइँको प्रकृति नै बदलिएको निष्कर्ष सैन्य विश्लेषकहरुले निकालेका थिए। टर्कीबाट खरिद गरेको ड्रोन अजरबैजानको जितका लागि निर्णायक साबित भएको थियो। जसले अर्मेनियाको हवाई प्रतिरक्षालाई ध्वस्त तुल्याएको थियो।
तथापि रुसले युक्रेनको लडाइँमा अत्याधुनिक हतियारको प्रयोग गरेको छैन। युद्धको पहिलो दिन रुसले युक्रेनी सेनाको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पार्न क्रुज क्षेप्यास्त्र, ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। रुसले प्रहार गरेका ती हतियार छोटो र मध्यम दुरीको भएको बताइएको छ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij