२०८२ फाल्गुण २२ गते शुक्रवार
बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा जारी रुसको ‘भयानक’ आक्रमण रोक्न विश्वका नेताहरूले नयाँ प्रयास गर्नुपर्ने बताएका छन्।
न्युयोर्क टाइम्सका लागि लेखिएको लेखमा प्रधानमन्त्री जोन्सनले भनेका छन्, ‘युक्रेनका जनताले हामीलाई निर्णय गर्नेछन्, भविष्यका इतिहासकारहरूले होइन।’
प्रधानमन्त्री जोन्सनले ६ बुँदे योजना दिएका छन्। यसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई रोक्न सक्ने दाबी गरेका छन्।
योजना यस्तो छ :
१. विश्वका नेताहरूले युक्रेनका लागि ‘अन्तर्राष्ट्रिय मानवीय गठबन्धन’ बनाउनुपर्छ।
२. विश्वका नेताहरूले आत्मरक्षाका लागि पनि युक्रेनको प्रयासलाई सहयोग गर्नुपर्छ।
३.रुसविरुद्ध आर्थिक दबाब बढाउनुपर्छ।
४. अन्तर्राष्ट्रिय समुदायले रुसलाई युक्रेनमा आफ्ना कार्यहरू ‘सामान्यीकरण’ गर्नबाट रोक्नैपर्छ।
५. युद्ध रोक्न कूटनीतिक बाटो अपनाउनुपर्छ, तर यसमा युक्रेनको वैध सरकारको पूर्ण सहभागिता भए मात्रै।
६. नेटो देशहरूबीच सुरक्षा सहयोग सुदृढ गर्न व्यापक प्रयास गरिनुपर्छ।
युक्रेनलाई सहयोग गरेको भन्दै बेलायतलाई रुसले दियो सीधा चेतावनी
रुससँग लड्न युक्रेनले माग्यो अमेरिकासँग हतियार
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij