२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    युक्रेनमा रुसी सेनाको आक्रमणमा परेर हालसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्यास्कोले जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दिएको जानकारी अनुसार मृतकको संख्या अझ धेरै हुन सक्ने सम्भावना छ । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको बताइएको छ । पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा १ हजार ११५ जना घाइते भएका छन् । यस्तै रुसले युक्रेनमा आक्रमणलाई आज पनि निरन्तरता दिएको छ ।
रुसको आक्रमण पछि त्रसित भएका युक्रेनका नागरिकले राजधानी किभ छोड्ने क्रम चलिरहेको छ । पछिल्लो ४८ घण्टामा युक्रेनबाट एक लाख २० हजार जनाभन्दा धेरै बाहिरिएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । रुसी सेना राजधानी किएभमा नै प्रवेश गरेकाले त्यहाँ रहेकाहरु छिमेकी देशमा शरण लिन पुग्न थालेका छन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij