Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

अहमदावाद बम विष्फोट: भारतमा ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास

अहमदावाद बम विष्फोट: भारतमा ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास


  • 4.0K
    Shares

    अहमदावाद बम विष्फोट: भारतमा ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास
    images

    भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।

    सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका छन् ।

    १३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।

    अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।  आतंकवादको आरोपमा एकसाथ ४९ जनालाई पहिलोपटक दोषी ठहर्याइएको समाचारमा उल्लेख छ ।

    सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए । उक्त बिष्फोट इण्डियन मुजाहिदीनले गराएको प्रहरी अधिकारीले जनाएका छन् ।

    यो घटनामा मृत्यु भएका परिवारका सदस्यलाई एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँको दरले राहत दिन पनि अदालतले आदेश दिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७८ शुक्रवार - १३:०३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij