Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

श्रीमतीलाई तह लगाउन उनीहरुसँग तीन दिन नसुत्न मन्त्रीले सुझाव दिएपछि…

श्रीमतीलाई तह लगाउन उनीहरुसँग तीन दिन नसुत्न मन्त्रीले सुझाव दिएपछि…


  • 4.7K
    Shares

    श्रीमतीलाई तह लगाउन उनीहरुसँग तीन दिन नसुत्न मन्त्रीले सुझाव दिएपछि…
    images

    मलेसियाकी एक महिला मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई उनीहरुको अशिष्ट  व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कुट्ने सल्लाह दिएपछि आक्रोश बढेको छ । महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह  मोहद युसोफमाथि पुरुषहरुलाई पत्नि कुट्न उकासेर घरेलु हिंसालाई सामान्यिकरण गरेको आरोप लागेको छ । 

    इन्स्टाग्राममा पोस्ट गरिएको दुई मिनेट लामो एउटा भिडियोमा उपमन्त्रीले सुरुमा श्रीमानहरुलाई आफ्ना ‘घमन्डी’ श्रीमतीलाई उनीहरुसँग बोलेर नै ‘अनुशासित’ गराउन सुझाव दिएकी छिन् । 

    श्रीमतीले स्वभाव परिवर्तन नगरे उनीहरुसँग तीनदिन अलग सुत्न पनि उपमन्त्रीले सुझाव दिएकी छिन् । ‘अझै पनि पत्नीले सुझाव अस्वीकार गरे आफ्नो कठोरता देखाउन र उनलाई परिवर्तन गर्न  श्रीमानहरूले उनीहरुलाई बिस्तारै थप्पड हानेर शारीरिक स्पर्शको प्रयास गर्न सक्छन्’, मोदरर्स टिप्स नाम दिइएको सो सुझावमा मन्त्रीले भनेकी छिन् । 

    पान–मलेशियन इस्लामिक पार्टीको सांसदसमेत रहेकी उपमन्त्रीले महिलाहरूलाई आफ्ना पाटनरर्सको मन जित्न पतिसँग मात्र बोल्न आग्रह गरेकी छिन् । ‘आफ्ना श्रीमानहरू शान्त हुँदा खाना खाइसकपछि र प्रार्थना गरिसकेपछि उनीहरूसँग कुरा गर्नुहोस् । ’ सिति जैलाहले भनिन्, ‘बोल्नुभन्द अगाडि पहिले अनुमति लिनुहोस् ।’

    महिला अधिकार समूहहरुको गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले सितीले घरेलु हिंसालाई पश्रयले दिएको आरोप लगाउदै पदबाट राजीनामा दिन माग गरेका छन् ।  

    ‘मलेसियामा अपराध मानिने घरेलु हिंसालाई सामान्यिकरण गर्ने र लैंगिक समानतविरोधी बिचारलाई निरन्तरता दिने उपमन्त्रीले राजीनामा दिनुपर्छ ।,’ गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    सन् २०२० देखि सन् २०२१ को अवधिमा घरेलु हिंसाबारे ९ हजार १५ ओटा उजुरी प्रहरीमा परेको थियो ।

    घरेलु हिंसाबारे बोल्दा प्रायः कलंक र डर जोडिएको हुन्छ र यसलाई सिति जैलाह जस्ताको कथनहरूले अझै  खराब बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ । एजेन्सी

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - १३:०५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij