Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पहिलो पटक एचआईभी संक्रमित महिलाको उपचार सफल

पहिलो पटक एचआईभी संक्रमित महिलाको उपचार सफल


  • 3.8K
    Shares

    • images
    पहिलो पटक एचआईभी संक्रमित महिलाको उपचार सफल
    images

    काठमाडौं । अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ ।

    वैज्ञानिकले ‘न्यू योर्क प्यासेन्ट’ (न्यू योर्ककी बिरामी) भनेर नामाकरण गरेकी एक महिला ‘स्टेम-सेल’ थेरापीपछि एचआईभीमुक्त भएकी हुन् । न्यू योर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको डेली मेलले जनाएको हो ।

    ‘स्टेम-सेल’ थेरापीपछि एचआईभीलाई जितेकी ती महिला रक्त क्यान्सर (ल्यूकेमिया)को बिरामीसमेत रहेको समाचारमा उल्लेख छ । उनी एचआईभीमुक्त हुने चौथो व्यक्ति हुन् । यसअघि एचआईभी संक्रमित तीनजना पुरुषको सफल उपचार भइसकेको छ ।

    ती महिलालाई २०१३ मा एचआईभी र २०१७ मा ल्यूकेमिया भएको थियो । चार वर्षसम्म उपचार गरेपछि उनी क्यान्सरमुक्त भएकी थिइन् भने गत हिउँदमा स्टेम-सेल थेरापी रोकिएको थियो । थेरापी रोकिएको एक वर्षपछि उनको शरीरमा एचआईभीबाट संक्रमित कुनै कोष फेला परेको थिएन ।

    के हो स्टेमसेल थेरापी ?

    ‘स्टेम-सेल’ थेरापी क्यान्सर र एचआईभी जस्ता गम्भीर रोगको उपचार वा रोकथाम गर्न अपनाइने एक विधि हो । एकै खाले कोष उत्पादन गर्ने कोष (सेल) को प्रयोग हुने हुँदा यो विधिलाई स्टेम-सेल थेरापी भनिएको हो । यो निकै जोमिमपूर्ण उपचार विधि पनि हो । कतिपयले क्यान्सर अन्तिम चरणमा पुगेका मानिसमा यो विधि प्रयोग गर्नु अनैतिकसमेत मान्छन् ।

    यो थेरापीका लागि सबैभन्दा पहिला दाता (डोनर) को आवश्यकता पर्छ । शरीरमा दुर्लभ प्रकृतिको म्युटेशन हुने भएका कारण दाताले भाइरसको प्रतिरोध गर्न सक्छन् । विज्ञहरूका अनुसार खासगरी युरोपको उत्तरी क्षेत्रमा बस्ने मानिसमा यस प्रकारको म्युटेशन हुने गर्छ ।

    स्टेम-सेल थेरापीका लागि दाताले आफ्नो  नाभीको रगत र हड्डीभित्रको मासी दान गर्छन् । दान गरेको रगत र मासीलाई बिरामीको शरीरमा प्रत्यारोपण गरिन्छ । नाभीको रगतले रक्त क्यान्सरसँग लड्न सघाउँछ भने हड्डीभित्रको मासीले स्टेम-सेल प्रदान गर्छ ।

    तर, स्टेम-सेल थेरापीका क्रममा प्राय: बिरामीको मृत्यु समेत हुने गर्छ । यही भएर सामान्य उपचार विधिमार्फत् एचआईभीसँग लड्न सक्ने स्वस्थ मानिसको उपचारमा यो विधि प्रयोग हुँदैन । त्यस्तै, क्‍यान्सर अन्तिम चरणमा पुगेका बिरामीको उपचारमा समेत यही विधि प्रयोग गरिँदै आएको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - १४:०७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij