Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

एक दर्जन भन्दा बढी देशद्वारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह

एक दर्जन भन्दा बढी देशद्वारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह


  • 4.2K
    Shares

    एक दर्जन भन्दा बढी देशद्वारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह
    images

    एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।

    अस्ट्रेलिया, इटाली, इजरायल, द नेदरल्यान्डस, जापानले पनि आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केही देशले आफ्ना कूटनीतिक कर्मचारी र उनका परिवारलाई फिर्ता बोलाएका छन् ।अमेरिका, जर्मनी र बेलायतलगायतका देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न भनेको छ ।

    क्यानडाले आफ्ना दूतावासका कर्मचारीलाई पोल्यान्डसँगको सीमाना जोडिएको पश्चिमी युक्रेनी सहर लिभिभमा सार्ने भएको छ । युक्रेनका लागि बेलायती दूत मेलिन्डा सिमोन्सले ट्विट गर्दै आफू र सम्पूर्ण टिम किभमा बसेको जनाएकी छिन् ।

    एउटा फोनवार्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई अतिक्रमणको कुनै पनि मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएका छन् ।उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले अतिक्रमणको चेतावनीले युक्रेनमा त्रास बढेको बताउँदै आएका छन् ।एजेन्सी ।

    प्रकाशित मिति :फाल्गुण १ २०७८ आइतवार - ११:३१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij