२०८२ पौष ५ गते शनिवार
अर्जेन्टिनामा लागु औषध कोकिन सेवनबाट एकैदिन २० को मृत्यु भएको छ भने अन्य ७४ जना गम्भीर बिरामी परेका छन्। अर्जेन्टिनाको ब्युनस आर्यसमा मिसावटयुक्त कोकिन सेवनबाट एकैदिन २० जनाले ज्यान गुमाएका हुन् भने अन्य ७४ बिरामी परेका हुन्।
सो घटनाबारे त्यहाँको स्वास्थ मन्त्रालयका अधिकारीहरुले बिहीबार बिहानै जानकारी दिएका हुन्। अधिकारीहरुले घातक उपभोगको रुपमा कोकिनलाई घातक सुचीकृत गर्ने क्रममा सो घटना बाहिरिएको अन्तरराष्ट्रिय मिडियामा खबर छ। सो कोकिन सेवनपछि गम्भीर घाइते भएकाको उपचार भइरहेको बताइएको छ।
विज्ञहरुले सो घटनाबारे थप विश्लेषण एवम् अनुसन्धान गरिरहेको बताइएको छ। लागु औषध तस्करहरुले अन्तरराष्ट्रिय रुपमा मिसावट गरी सो कोकिन वितरण गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
स्थानीय प्रहरीका अनुसार सो कोकिन छिमेकी गरिब क्षेत्र सान मार्टिनमा बिक्री गरिएको र त्यहाँबाट उत्तरी भेगमा अवस्थित अर्जेन्टिनाको राजधानीसम्म पुर्याइएको थियो। सो कार्यमा संलग्न एक दर्जन लागु औषध तस्करहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij