Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

ह्याकरद्धार फेरि ३२ करोड डलर बढिको क्रिप्टोकरेन्सी चोरी, के हो क्रिप्टोकरेन्सी ? यसको इतिहास र काम कस्तो ?

ह्याकरद्धार फेरि ३२ करोड डलर बढिको क्रिप्टोकरेन्सी चोरी, के हो क्रिप्टोकरेन्सी ? यसको इतिहास र काम कस्तो ?


  • 3.9K
    Shares

    ह्याकरद्धार फेरि ३२ करोड डलर बढिको क्रिप्टोकरेन्सी चोरी, के हो क्रिप्टोकरेन्सी ? यसको इतिहास र काम कस्तो ?
    images

    सोलाना नेटवर्कसँग आबद्ध क्रस–ब्लकचेन सेतु वर्महोल प्लेटफर्मबाट ३२ करोड डलरभन्दा बढीको क्रिप्टोकरेन्सी हराएको छ ।

    वर्महोल नेटवर्कबाट १ लाख ३० हजार ‘र्‍याप्ड’ इथर हराएको हो । यसको मूल्य करीब ३२ करोड ४० लाख डलर भएको बताइएको छ । वर्महोलले इथेरियम र सोलाना ब्लकचेनलाई जोड्ने सेतुका रुपमा काम गर्ने गरेको छ । 

    यसले विभिन्न ब्लकचेनहरुमा क्रिप्टोकरेन्सी पठाउने मञ्चको रुपमा काम गर्छ । वास्तविक टोकनलाई स्मार्ट करारमा बन्द गरेर यसरी जम्मा भएको टोकनको ‘र्‍याप्ड’ संस्करण निकालिन्छ अनि यसलाई अर्को ब्लकचेनमा पठाइन्छ । यो मञ्चले एभालान्स, ओएसिस, बाइनान्स स्मार्ट चेन, इथेरियम, पोलिगन, सोनाला र टेर्रा ब्लकचेनलाई टेवा दिँदै आएको छ ।

    प्लेटफर्ममा बग देखिएपछि बुधवार बिहानै होलवर्मको टोलीले सो बग हटाउन काम शुरु गरेका थिए । तर ह्याकरले सोको बारेमा थाहा पाएर समस्या समाधान हुनु अगावै करेन्सी चोरेका थिए । 

    यस अघि गत वर्षको अगष्टमा पोली नेटवर्कबाट ६० करोड डलर भन्दा धेरैको क्रिप्टोकरेन्सी चोरी भएको थियो । पछिल्लो समय क्रिप्टो प्लेटफर्मलाई लक्षित गरेर आक्रमण बढेको छ । यसले ब्लकचेनको सुरक्षासम्बनधी चिन्ता बढाएको छ ।

    के हो क्रिप्टोकरेन्सी ?
    'क्रिप्टोकरेन्सी' एक भर्चुअल मुद्रा हो । अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टो करेन्सी हो । यसको भौतिक स्वरूप भने देख्न सकिँदैन । क्रिप्टो र करेन्सी दुई अक्षर मिलेर बनेको यो शब्दमा क्रिप्टो भनेको सेक्रट र करेन्सी भनेको रुपैयाँ हो । हाल क्रिप्टोकरेन्सीको बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, बिटक्वाइन क्यासलगायतका सैयौँ ुक्रिप्टोकरेन्सीुहरू प्रचलनमा छन् ।

    कतिपय देशमा 'क्रिप्टोकरेन्सी' अवैध भनेर प्रतिबन्धित छ । अमेरिका, क्यानडा तथा यूरोप जस्ता देशमा भने 'क्रिप्टोकरेन्सी' लगानी तथा सामान किनबेचसमेत हुने गरेको छ । छिमेकी मुलुक भारतमासमेत 'क्रिप्टोकरेन्सी' मा लगानी खुला गरिएको छ । 

    क्रिप्टोकरेन्सीको इतिहास
    'क्रिप्टोकरेन्सी'को इतिहास आजभन्दा १२ वर्ष पहिले भएको देखिन्छ । जापानी नागरिक सातोसी नाकामोतोले सन् २००९ मा अर्का एक कम्प्युटर प्रोग्रामरलाई १० बिटिसी क्वाइन पठाएर यसको औपचारिक सुरुवात गरेको इतिहास छ ।

    कसरी काम गर्छ ?
    'क्रिप्टोकरेन्सी'ले कसरी काम गर्छ भन्ने बुझ्नको लागि यसको केही काम गर्ने तरिका र यसमा प्रयोग हुने शब्दावलीको बारेमा जानकारी राख्नुपर्छ । यसका केही शब्दावली र यसको कार्यको बारेमा केही जानकारी तल दिइएको छ जसले तपाईंलाई सजिलै यसबारे बुझ्न मद्दत गर्छ । (एजेन्सी)

     

    प्रकाशित मिति :माघ २० २०७८ बिहिवार - ११:४३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij