२०८२ माघ २१ गते बुधवार
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले अभौतिक सांस्कृतिक सम्पदा विधेयकको नाम फेर्न सुझाव दिएका छन् ।
बुधवार विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले साँस्कृतिक सम्पदाहरु अभौतिक नहुने उल्लेख गरेका छन् । सांसदहरूले विधेयकमा गुठी व्यवस्थापन, विगतमा चलिआएका अव्यवहारिक मौलिक परम्परालाई हटाउने लगगायतका कुरा ठोस रुपमा नआएकोमा पनि असन्तुष्टी जनाएका छन् ।
बैठकमा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले कालिगण्डकी नदी र त्यससँग जोडिएको सभ्यतालाई अभौतिक सम्पदाको परिभाषाभित्र राख्न नमिल्ने तर्क गरेका छन्। उनले कालिगण्डकी नदी, देवघाटदेखि मुक्तिनाथसम्मका तीर्थस्थल र सालीग्राम संरक्षणयोग्य सम्पदा रहेको बताएका छन् ।
उनले ती सम्पदाहरु अभौतिक नभई चलायमान र भौतिक अस्तित्वसँग जोडिएको सभ्यता भएको उल्लेख गरेका छन्। उनले कालिगण्डकी सभ्यता, तीर्थस्थल र सालीग्राम संरक्षण यही विधेयकको दायराभित्र स्पष्ट रूपमा समेटिनुपर्ने उल्लेख गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij