Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

बोराभित्र दुई टुक्रामा भेटियो बंगलादेशी अभिनेत्रीको शव

बोराभित्र दुई टुक्रामा भेटियो बंगलादेशी अभिनेत्रीको शव


  • 4.1K
    Shares

    बोराभित्र दुई टुक्रामा भेटियो बंगलादेशी अभिनेत्रीको शव
    images

    आइतबारदेखि बेपत्ता बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव एउटा बोरामा बाँधिएको अवस्थामा फेला परेको छ । शिमुलाई दुई टुक्रा बनाएपछि उनको शव बोरामा बन्द गरेर फ्याँकिएको थियो ।

    प्रहरीका अनुसार शव ढाकाको केरानीगंजको आलियापुरको क्षेत्रमा हजरतपुर ब्रिजसँगै सडक किनारामा सोमबार बिहान फेला परेको थियो ।

    ३५ वर्षीया अभिनेत्रीको गर्धनमा निशाना पाइएको छ । यो घटनालाई लिएर प्रहरीले उनका पतिसमेत ६ जनालाई हिरासतमा लिएको छ ।

    मंगलबार दिउसो ढाका प्रहरीले एक पत्रकार सम्मेलनमा पति सखावत, उसका साथी र ड्राइभरलाई तीन दिनको हिरासतमा लिइएको बताएका छन् । हिरासतका क्रममा उनका श्रीमानले घरेलू विवादका कारण पत्नी रायमाको हत्या गरेको स्वीकार गरेका छन् ।

    सुटिङका लागि निस्किएकी थिइन् फर्केर आइनन्ः

    रायमा बंगलादेशको राजधानी ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्नो पति र दुई सन्तानसहित बस्दै आएकी थिइन् । शिमु आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी थिइन् । यसपछि उनीसँग जतिपटक सम्पर्क गर्न खोज्दा पनि फोन सम्पर्क हुन सकेको थिएन । उनका सन्तानले भने आमा सुटिङमा व्यस्त भएको सोचे ।
    पछि रायमाको शरीर दुई टुक्रामा हजरतपुर पुलसँग सडक किनारामा बरामद भयो । प्रहरीले शवको पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।

    मृत शरीर फेला परेपछि शिमुका भाइ शाहिदुल इश्लाम खोकानले उनको पतीविरुद्ध मुद्दा दर्ता गराएका थिए ।

    ढाका जिल्ला प्रहरी अधिकृत मारुफ हुसेन सरदारले भनेका छन्, ‘पती र उनका साथी फरहादसहित ६ जनालाई शिमुको हत्या गरेको आरोपमा हिरासतमा लिइएको छ । पछाडिको सीटमा रगत लतपतिएको एउटा कार पनि जफत गरिएको छ ।’ एजेन्सी

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - ११:०४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij