२०८२ माघ ८ गते बिहिवार
यौन स्वाभाविक प्राकृतिक प्रक्रिया हो। एउटा स्वस्थ मानिसका लागि यौन क्रिया अनिवार्य छ।
तर पनि यस विषयमा हाम्रो समाज संकुचित छ। खुलेर कुरा गर्न हिचकिचाउँछ। तर यौन शिक्षाको अभावमा मानिस कुण्ठित जीवन बिताइरहेको हुन्छ। अझ कतिपय अवस्थामा यौन असफलताकै कारण दाम्पत्य जीवन नै टुट्न पनि बेर लाग्दैन।
यसै सन्दर्भमा आउनुहाेस्, यौन जीवन निरस नबनोस् भन्नाका लागि यौन सम्पर्क गरेलगत्तै के के गर्न हुँदैन भन्ने कुरा जानौं।
–यौन साथीलाई छाडेर उठिहाल्ने
–हतारहतार लुगा लाइहाल्ने।
–तुरुन्त बारिह निस्किहाल्ने।
–यौन सम्पर्कलगत्तै काम वा पढाइमा लाग्ने।
–फोनमा झुन्डिहाल्ने
–ओछ्यानबाट अलग अलग भइहाल्ने
–बालबच्चालाई सँगै सुताउने
–कामबारे कुरा झिकिहाल्ने
–तुरुन्त सफाइमा लागिहाल्ने
–यौन सम्पर्क गर्नासाथ एकतिर फर्केर सुतिहाल्ने
उल्लिखित काम गर्नाले यौन जीवनमा नकारात्मक असर पर्न सक्छ र सम्बन्ध बिग्रिन सक्छ। तसर्थ त्यस्ता काम गर्न हुँदैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij