Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नरिवलको तेलका अनेक फाइदाहरु जान्नुहोस्

नरिवलको तेलका अनेक फाइदाहरु जान्नुहोस्


  • 5.6K
    Shares

    • images
    नरिवलको तेलका अनेक फाइदाहरु जान्नुहोस्
    images

    काठमाडौँ ।  नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ ।

    घरमै डिप क्लिजिङ गर्न चाहनुहुन्छ भने पनि तरिवलको तेलको सहारा लिन सक्नुहुन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाउनुपर्छ । बेकिङ सोडामा एन्टिब्याट्रेरियल र एन्टिइन्फल्माटोरीको गुण हुन्छ, जसलाई डिप क्लिन्जरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

    नरिवलको तेल अनुहारको रिङकल्स हटाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि नरिवलको तेलमा बेसार र दूध मिसाउनुपर्छ । दूधमा ल्याक्टिक एसिड हुन्छ, जसले स्किनलाई चम्किलो बनाउन सहयोग गर्छ । यस्तो मिश्रणको प्रयोगले रिङकल्स हटाउन ठूलो भूमिका निर्वाह गर्छ ।

    चम्किलो छालाका लागि पनि नरिवलको तेलको सहारा लिन सक्नुहुन्छ, जसका लागि नरिवलको तेलमा भिटामिन ईको क्याप्सुल मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । थुप्रै ब्युटी प्रडक्टमा भिटामिन ईको प्रयोग गरिएको हुन्छ । यस्तो मिश्रणलाई अनुहारमा लगाएर १० मिनेटसम्म छोडिदिनुहोस् । यसले तपाईंको स्किनलाई हाइड्रेट राख्छ । यसलाई रातको समय मास्कको रूपमा प्रयोग गरी अर्को दिन सफा गर्न सक्नुहुन्छ ।

    धेरैजसोको अनुहारमा दाग देखिने समस्या हुन्छ । यस्तो समस्याका लागि नरिवलको तेलको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई सुत्नुअघि हरेक दिन प्रयोग गर्न सक्नुहुन्छ ।

    प्रकाशित मिति :पौष २१ २०७८ बुधवार - ११:०२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij