Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

आज विश्व इतिहासको कालो दिन, यसै दिन भएको थियो यी दुर्लभ डरलाग्दा घटना

आज विश्व इतिहासको कालो दिन, यसै दिन भएको थियो यी दुर्लभ डरलाग्दा घटना


  • 5.9K
    Shares

    आज विश्व इतिहासको कालो दिन, यसै दिन भएको थियो यी दुर्लभ डरलाग्दा घटना
    images

    नाइजेरियामा कु – सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले सिहु सागरी नेतृत्वको सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो ।

    चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिन – सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड १९ नाम दिएको थियो । विभिन्न भेरियन्टमा देखिएको कोभिड विश्वव्यापी महामारी बनेको छ । कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ ।

    विभिन्न देशमा कोभिडका विभिन्न लहर देखिएका छन् । बेलायत र फ्रान्समा क्रमशः चौंथो र पाँचौं लहर देखिएका छन् । कोभिडका कारण पछिल्लो समय युरोप र अमेरिका नराम्रोसँग प्रभावित छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीले झन बिकराल रुप लिएको विज्ञहरुले बताएका छन् ।

    पानामा क्यानल हस्तान्तरण – लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको पानामा नहर सन् १९९९ मा अमेरिकाले औपचारिक रुपमा पानामालाई हस्तान्तरण गरेको थियो ।

    सौर्यमन्डलमा त्यो दुर्लभ घटना – सन् २००९ को ३१ डिसेम्बरमा एउटा दुर्लभ घटना भएको थियो । सो दिन ब्लु मुन र चन्द्र ग्रहण एकै दिन परेको थियो । सौर्यमन्डलमा अव त्यस्तै दुर्लभ क्षण सन् २०२८ को नयाँ वर्षको पूर्वसन्ध्यामा देख्न पाइनेछ ।

    प्रकाशित मिति :पौष १६ २०७८ शुक्रवार - ११:१४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij