Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

आकाशमा उडिरहेको विमानमा अर्को विमानबाट खस्यो बरफको टुक्रा, २०० यात्रीको ज्यान जोखिममा

आकाशमा उडिरहेको विमानमा अर्को विमानबाट खस्यो बरफको टुक्रा, २०० यात्रीको ज्यान जोखिममा


  • 8.5K
    Shares

    आकाशमा उडिरहेको विमानमा अर्को विमानबाट खस्यो बरफको टुक्रा, २०० यात्रीको ज्यान जोखिममा
    images

    ब्रिटिश एयरवेजको एक विमान आकाशमा उडिरहेको बेलामा उसमाथि उडिरहेको विमानबाट बरफको टुक्रा खसेको छ । 

    खसेको बरफको टुक्रा विमानको अगाडिको शीशामा लाग्दा शीशा चर्किएको छ । बोइङ ७७७ विमानको दुई इन्च मोटो विन्डस्क्रीन चर्कियो । 

    दुर्घटना हुँदा विमान ३५ हजार फीटको उचाइमा उडिरहेको थियो । अर्को विमान त्यसभन्दा एक हजार फीट माथि थियो । 

    क्रिसमसको दिन लन्डनको ग्याटविक विमानस्थलबाट कोस्टारिकाको साज जोसे गइरहेको विमान दुर्घटनामा परेको हो । विन्डस्क्रीन बुलेटप्रूफ शीशाबाट बनेको हुन्छ । उचाइमा शीशामाथि बढी प्रेसर परिरहेको हुन्छ । 

    यस्तो किसिमको दुर्घटना अत्यन्तै दुर्लभ हुन्छ । 

    दुर्घटनामा २०० यात्री तथा विमान कर्मचारी सुरक्षित रहे । तर विमानको आकस्मिक अवतरण गर्नुपरेकाले यात्रीहरू धेरै बेरसम्म विमानस्थलमा अड्किरहे । 

    दुर्घटनाग्रस्त विमान तत्काल उडेन र यात्रीहरूलाई वास्तविक सेड्युलभन्दा ५० घन्टा ढिलो गरी उडाइयो । विमानको मर्मत गर्न धेरै समय लागेकाले यात्रीहरू कुरिरहनुपरेको थियो । ब्रिटिश एयरवेजले यसका लागि यात्रुहरूसँग माफी मागेको छ । एजेन्सी

    प्रकाशित मिति :पौष १४ २०७८ बुधवार - ११:०५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij