२०८२ फाल्गुण २२ गते शुक्रवार
अहिलेसम्म विश्वका सबै अन्तरिक्ष कार्यक्रम एजेन्सीहरुले यो प्रश्नलाई बेवास्ता गर्दै आएका छन् । तर, अन्तरिक्षमा जाने महिला र पुरुष अन्तरिक्ष यात्रीहरू महिनौंसम्म सँगै बस्ने हुनाले यो कुरा स्वभाविक रुपमा उठिरहेको छ ।
लामो समयदेखि नै विभिन्न मुलुकले अन्तरिक्ष मिशन चलाइरहेको छ । त्यसमा पुरुष पनि छन् र महिला पनि । तिनीहरू महिनौं महिनासम्म सँगै हुनेछन् । एकै ठाउँमा बस्नेछन्, एकअर्कालाई छुने दूरीमा हुन्छन् । यस्तो अवस्थामा के उनीहरुले एकअर्कासँग घनिष्ट हुने अर्थात् सेक्सको बारेमा कहिल्यै सोच्दैनन् ?
यस्ता मिसनहरू स्पेस स्टेसनमा वर्षौंसम्म चल्ने भएकाले त्यहाँ रहँदा, यो सहज जिज्ञासाले झन् सताउछ। तर, अहिलेसम्म अन्तरिक्ष एजेन्सीहरूले मात्र यो प्रश्नको जवाफ इमान्दारी र सहजताका साथ दिने प्रयास गरेका छैनन् । धेरै अन्तरिक्ष यात्रीहरूले पनि व्यक्तिगत रूपमा मानिसहरूलाई यस्तै कुरा भनेका छन्।
सेक्स गर्न असम्भव
वास्तवमा अन्तरिक्षमा शून्य गुरुत्वाकर्षण हुन्छ । जसका कारण तपाइँ ‘हुक अप’ गर्न सक्नुहुन्न अर्थात् एक अर्कामा टाँसिएर सेक्स गर्न सक्नुहुन्न। किनभने अन्तरिक्षमा शरीरको हरेक अंगमा रगतको उपस्थिति एकै हुँदैन ।
भौतिकशास्त्रको नियमअनुसार यौनसम्पर्कका लागि पुरुषको यौनाङ्गमा तीव्र रक्तसञ्चार हुनु आवश्यक हुन्छ । पृथ्वीमा जस्तै कम गुरुत्वाकर्षण बलका कारण अन्तरिक्षमा रगत शरीरभर बग्दैन, अन्तरिक्षमा यौनसम्पर्क सैद्धान्तिक रूपमा असम्भव छ।
तर सेक्स भनेको यौन क्रियाकलाप मात्र होइन, यसका अन्य धेरै रूपहरू पनि छन्, जुन कुनै पनि अवस्थामा सेक्स सम्भव हुने विश्लेषण पनि गरिन्छ । एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij