२०८२ कार्तिक १४ गते शुक्रवार
भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढ्न थालेपछि नियन्त्रण गर्न कर्फ्यु लागु हुने भएको छ। दिल्ली सरकाले आज (सोमबार)देखि रातिको समयमा कर्फ्यु लागु गर्ने घोषणा गरेको हो।
दिल्ली सरकारलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले लेखेको छ, ‘सोमबारबाट राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागु हुनेछ।’
नयाँ वर्ष सन् २०२२ को अवसरमा हुन सक्ने भीडभाड र त्यसले बढाउने संक्रमणको जोखिमलाई मध्यनजर गरेर सावधानीको लागि रात्रीकालीन कर्फ्युको निर्णय गरिएको हो। दिल्लीमा आइतबार थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij