२०८२ कार्तिक १४ गते शुक्रवार
भारत नियन्त्रित कश्मीरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतकंकारीको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ।
प्रहरीले पुलवामा जिल्लाको त्रालमा दुई आतंककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा क्षेत्रमा एकजनालाई गोली हानेर मारिएको बताएको छ।
प्रहरी, सेना र अर्धसैनिक बलको संयुक्त टुकडीले विद्रोहीहरूको उपस्थिति रहेको संकेत गर्ने विशेष गुप्तचर सूचनाको आधारमा गाउँहरू घेरेपछि दुवै ठाउँमा बन्दुकधारीहरूले गोली चलाएको प्रहरी प्रवक्ताले बताए। झडपमा सरकारी सेनालाई कुनै क्षति नभएको पनि जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij