Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

जाडोमा छाला कसरी जोगाउने, यस्ता उपायहरु अपनाउनुहोस्

जाडोमा छाला कसरी जोगाउने, यस्ता उपायहरु अपनाउनुहोस्


  • 5.3K
    Shares

    • images
    जाडोमा छाला कसरी जोगाउने,  यस्ता उपायहरु अपनाउनुहोस्
    images

    काठमाडौँ । जाडो महिनाको वातावरणमा मोइस्चर कम हुने र हावा सुख्खा हुने भएकाले छालामा विभिन्न समस्या देखिन सक्छन् । जाडोमा चिसोले नाक रातो हुने, कपालमा चाया पर्ने, आँखी भौँमा कत्ला आउने लगायत समस्या देखा पर्दछ । यसका साथै छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउने, छाला रातो हुने लगायत समस्या आउन देखिन सक्छन् ।

    कतिपय अवस्थामा लुतो पनि देखिन्छ । लुतो आउँदा औँलाका काप र पेटमा राति चिलाउने गर्छ । चिसोको प्रभावले हात खुट्टा सुन्निने, छाला रातो हुने, झमझमाउने, खुट्टा फुट्ने लगायत समस्या देखिन्छन् । यसका लागि मानिसले अनेकौं उत्पादनको प्रयोग गर्दछ । तर जाडोमा छालामा हुने समस्याबाट कसरी जागिने त ?

    – धेरै तातो वा चिसो पानीले छालालाई असर गर्छ त्यसैले नुहाउन वा मुख धुन मनतातो पानीको प्रयोग गर्ने ।

    – नुहाउँदा ५ देखि १० मिनेटसम्म नुहाउने अनि मोस्चराइजर क्रिमको प्रयोग गर्ने ।

    – साबुनले छालालाई सुख्खा बनाउँछ त्यसैले मोस्चराइज हुने साबुन मात्र प्रयोग गर्ने ।

    – छालालाई मुलायम राख्न भिटामिन ‘ई’ भएको क्रिम वा लोसनको नियमित प्रयोग गर्ने ।

    – इलेक्ट्रिक हिटरको तापले छालालाई सुख्खा बनाउँछ त्यसैले धेरै समय हिटरको छेउमा नबस्ने ।

    – घाममा धेरैबेर बस्दा घामको अत्यधिक रेडिएसनले छालाको क्यान्सर हुन सक्छ ।

    – घाममा निस्किँदा सनस्क्रिनको प्रयोग गरेर मात्र निस्कने गर्नु पर्दछ ।

    – बाक्लो, न्यानो र सफा कपडा मात्र लगाउने ।

    – हातखुट्टामा बाक्लो पञ्जा र मोजाको प्रयोग गर्ने ।

    – राति सुत्नु अघि सधैँ फेसवासले मुख धुने ।

    – छालामा अन्य समस्या देखा परे तुरुन्त चिकित्सकको सल्लाह लिने ।

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १२:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij