Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

तालिबान सत्तामा आएपछि साढे ६ हजार पत्रकारको गुम्याे जागिर, यस्तो छ कारण!

तालिबान सत्तामा आएपछि साढे ६ हजार पत्रकारको गुम्याे जागिर, यस्तो छ कारण!


  • 4.7K
    Shares

    तालिबान सत्तामा आएपछि साढे ६ हजार पत्रकारको गुम्याे जागिर, यस्तो छ कारण!
    images

    काबुल । तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६४०० पत्रकारको जागिर गुमेको छ ।

    गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार संघ (एआईजेए) गरेको सर्वेक्षण अनुसार तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चार माध्यममा नाटकीय परिवर्तन भएको छ ।

    तालिवानको सत्तापलटपछि २३१ सञ्चार माध्यमहरु बन्द भएका छन् । अफगान सञ्चार माध्यममा तालिवान सत्ताको प्रभाव नाटकीय रुपमा देखिएको सर्वेक्षणमा जनाइएको छ ।

    हरेक १० सञ्चार माध्यमबाट चार जनाभन्दा बढी पत्रकार पलायन भएका छन् । यस हिसाबले देशका ६० प्रतिशत पत्रकार र सञ्चार माध्यमका कर्मचारीले काम छोडेका छन् । पलायन हुनेमा ८० प्रतिशत महिला छन् ।

    ‘५४३ सञ्चार माध्यमहरुमध्ये नोभेम्बरको अन्त्यसम्म ३१२ ओटा मात्र सक्रीय छन् । यसको अर्थ तीन महिनाको अवधिमा ४३ प्रतिशत सञ्चार माध्यम हराएका छन्,’ सर्वेक्षणमा भनिएको छ ।

    चार महिनाअगाडि मात्र अधिकांश अफगान प्रान्तमा कम्तिमा १० ओटा निजी सञ्चार माध्यम थिए । तर, अहिले केही क्षेत्रमा कुनै पनि स्थानीय सञ्चार माध्यम नरहेको जनाइन्छ ।

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १२:२०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij