Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

चीनमा भेटियो पूर्णरुपमा सुरक्षित डाइनासाेरको भ्रुण, ६ करोड वर्ष पुरानो

चीनमा भेटियो पूर्णरुपमा सुरक्षित डाइनासाेरको भ्रुण, ६ करोड वर्ष पुरानो


  • 5.4K
    Shares

    चीनमा भेटियो पूर्णरुपमा सुरक्षित डाइनासाेरको भ्रुण, ६ करोड वर्ष पुरानो
    images

     चीनकाे गान्झाेउ क्षेत्रमा अण्डाभित्र सुरक्षित रहेको डाइनासाेरको भ्रुण भेटिएको छ । परिपक्व भएर अण्डाबाट बाहिर आउने अवस्थामा रहेको भ्रुणको जिवाश्म भेटिएको बीबीसीले जनाएको छ । 

    यो भ्रुण ६ करोड ६० लाख वर्ष पुरानो भएको अनुसन्धाताले अनुमान गरेका छन् । यो भ्रुण दाँत नभएको थेरापोड डाइनासाेर वा ओभिर्याप्टोरोससको हुनसक्ने विश्वास गरिएको छ ।

    अनुसन्धाता डा फियोन वासम माले यो भ्रुणलाई इतिहासमै अहिलेसम्म भेटाइएका भ्रुणमध्ये सबैभन्दा सुरक्षित अवस्थामा रहेको बताउनुभएको छ । यो भ्रुणको खोजसँगै डाइनासाेर र आधुनिक चराबीचको सम्बन्ध पहिल्याउन वैज्ञानिकहरुलाई झनै सजिलो हुने बताइएको छ ।

    भ्रुणको जिवाश्मको अवस्थिति अण्डाबाट निस्किने अवस्थामा पुगेको चराको जस्तै घुमाउरो भएको देखिएको छ । यो जिवाश्मको लम्बाइ टाउकोदेखि पुच्छरसम्म २७ सेन्टिमिटर रहेको छ ।

    प्रकाशित मिति :पौष ७ २०७८ बुधवार - १२:०६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij