Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

अस्ट्रेलियाको ब्रिसबेननजिक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

अस्ट्रेलियाको ब्रिसबेननजिक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु


  • 3.5K
    Shares

    अस्ट्रेलियाको ब्रिसबेननजिक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु
    images

    अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतवार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ । चार सिटको सानो विमानले स्थानीय समय अनुसार बिहान ९ बजे ब्रिस्बेनको उत्तरमा रहेको रेडक्लिफ एयरपोर्टबाट उडान भरेको थियो ।

    क्वीन्सल्याण्ड प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘क्वीन्सल्याण्ड वाटर पुलिस अधिकारीहरू र राज्यको फोरेन्सिक क्र्यास युनिटहरूले अनुसन्धान जारी राखेका छन् । विमानको गोताखोरहरू पठाइएको छ ।’

    घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याटरिना क्यारोलले भनिन्, ‘विमान सिमसार क्षेत्रमा निकै कठिन अवस्थामा छ र अहिले त्यस क्षेत्रमा प्रहरी र गोताखोरहरू परिचालन गरिएका छन् ।’ रासस-सिन्ह्वा

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १३:०७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij