Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

ओमिक्रोनको त्रासका बीच नेदरल्याण्डमा अहिलेसम्मकै कडा लकडाउन

ओमिक्रोनको त्रासका बीच नेदरल्याण्डमा अहिलेसम्मकै कडा लकडाउन


  • 5.8K
    Shares

    ओमिक्रोनको त्रासका बीच नेदरल्याण्डमा अहिलेसम्मकै कडा लकडाउन
    images

    क्रिसमस नजिकिदै जाँदा नेदरल्यान्ड्समा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण बढेपछि नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको हो ।

    सम्पूर्ण अत्यावश्यक बाहेकका पसलहरु, सांस्कृतिक तथा मनोरन्जन स्थल बन्द हुने भएका हुन् । त्यस्तै, ९ जनवरीसम्म सम्पूर्ण विद्यालय बन्द हुनेछन्।

    युरोपेली मुलुक नेदरल्यान्ड्समा ओमिक्रोन भेरियन्ट तीव्र ढंगले फैलिएको छ । इयु प्रमुख युर्सुला भोन डेर लेयनले जनवरीको मध्येमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।

    ओमिक्रोन फैलिएपछि युरोपका विभिन्न देशहरुले विभिन्न प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । संक्रमण देखिएपछि दक्षिण अफ्रिकामाथि विभिन्न देशहरुले यात्रा प्रतिबन्ध लगाएका थिए ।

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - ११:२५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij