Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कतारमा ४ जनामा ओमिक्रोन पुष्टि

कतारमा ४ जनामा ओमिक्रोन पुष्टि


  • 4.9K
    Shares

    • images
    कतारमा ४ जनामा ओमिक्रोन पुष्टि
    images

    कतारमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन ४ जनामा पुष्टि भएको छ ।

    कतारको जनस्वास्थ्य मन्त्रालयले कतारमा ओमिक्रोन केस फेला परेको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार विदेशबाट यात्रा गरी कतार फर्केका चार जनामा ओमिक्रोन भेटिएको हो । ती मध्ये तीन जनाले कोभिड-१९ विरुद्धको खोपको दुई डोज प्राप्त गरेका थिए । दोस्रो डोज ६ महिनाभन्दा अघि लगाइएको थियो।

    अन्य एक जनाले भने खोप नलगाएको बताइएको छ । चारै जनालाई  विशिष्ट क्वारेनटाइनमा राखिएको र अस्पताल भर्ना गर्न आवश्यक नरहेको मन्त्रालयले जनाएको छ । उनीहरू पूर्णपुरमा निको नभएसम्म वा पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्म क्वारेनटाइनमा रहनेछन्।

    नोभेम्बरको अन्त्यमा दक्षिण अफ्रिकामा पहिलो पटक पत्ता लागेदेखि, ओमिक्रोन संस्करण विश्वका ७० भन्दा बढी देशहरूमा फैलिएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सबैलाई कोभिड-१९ विरुद्धको लडाइँमा तीन कार्यमार्फत भूमिका खेल्न आह्वान गरेको छ ।

    १. योग्य हुने बित्तिकै खोप लगाउन वा बुस्टर डोज खोप लिन ।

    २ . कोभिड-१९ को लक्षण र लक्षणहरू शङ्कास्पद छन् भने तुरुन्तै परीक्षण गर्न ।

    ३ . कोभिड-१९ को सावधानीका उपायहरूको पालना गर्न ।

    कतारमा अहिलेसम्म १ लाख ९६ हजार ६९२ जनाले बुस्टर भ्याक्सिनको डोज प्राप्त गरेका छन् । बुस्टर डोज खोप कतारका सबै प्राथमिक स्वास्थ्य सेवा निगम स्वास्थ्य केन्द्रहरूमा उपलब्ध रहेको र (पिएचसीसी)ले बुस्टर डोज खोपका लागि योग्य व्यक्तिहरूलाई भेट्ने समय तय गर्न सिधै सम्पर्क गरिरहेको जनाएको छ । खोप लगाउन योग्य भएका र अझै सम्पर्क नगरिएका जो कोहीले अपोइन्टमेन्ट तय गर्न पिएचसीसीको हटलाइन नम्वर ४०२७७०७७ मा सम्पर्क गर्नसक्ने मन्त्रालयले जनाएको छ ।

    अपोइन्टमेन्टका लागि पिएचसीसीको द्विभाषी मोबाइल एप Nar’aakom मार्फत पनि गर्न सकिन्छ। मन्त्रालयले माथिको उल्लेखित नम्बरमा कल गरेर वा मोबाइल एप्लिकेसन प्रयोग गरेर कोभिड-१९ बुस्टर भ्याक्सिनको लागि स्वास्थ्य केन्द्रमा जानुअघि अपोइन्टमेन्ट लिनुपर्ने जनाएको छ ।

    प्रकाशित मिति :पौष ३ २०७८ शनिवार - १४:५४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij