Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

'ओमिक्रोन' सङ्क्रमण बढेपछि बेलायतमा स्वास्थ्य सङ्कटकाल घोषणा

'ओमिक्रोन' सङ्क्रमण बढेपछि बेलायतमा स्वास्थ्य सङ्कटकाल घोषणा


  • 6.5K
    Shares

    'ओमिक्रोन' सङ्क्रमण बढेपछि बेलायतमा स्वास्थ्य सङ्कटकाल घोषणा
    images

    कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' सङ्क्रमण बढेपछि बेलायतले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन सङ्कटकाल घोषणा गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै जोनसनले ओमिक्रोनको सम्भावित लहरबाट बच्न सबैले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री जाेनसनले सम्भावित खतरा रोक्न १८ वर्षमाथिका सबै नागरिकलाई खोपको 'बुस्टर' डोज लगाइने पनि बताउनुभयो । बेलायतले यही हप्तादेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन सुरु गर्ने बताउनुभयो ।

    कोरोनाविरुद्धको खोपको बुस्टर डोजले कोरोना भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने वैज्ञानिकहरूले बताएका छन् । बेलायतमा केही हप्तादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिइरहेका छन् । सङ्क्रमण देखिएकामध्ये दैनिक पाँच सयको हाराहारीमा ओमिक्रोन पुष्टि हुने गरेको छ । 

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १६:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij