२०८२ भाद्र १० गते मंगलवार
पुरुषहरु बिभिन्न प्रकारका यौन दुर्बलता बाट ग्रसित भएका हून्छन् । यो अत्यन्तै ब्यक्तिगत र दम्पती बीचको समस्या भएको हुनाले समाजमा नामर्दीपनको आक्षेप लाग्ला भन्ने डरले जो कोहीले पनि बरु श्रीमान श्रीमती बीच जति नै झगडा गरेर र सहेर किन बस्न नपरोस भरसक यो कमजोरीलाई लुकाएर,गुम्स्यायर राख्छन, बरु आफुलाई डिप्रेसन नै किन नहोस,परिवारको अन्य सदस्य र समाज साथै आफनै साथी भाईलाई पनि भन्ने साहस गर्न सक्दैनन् ।
तर कता कति दम्पती जसबाट सन्तान भएको हुदैन उनीहरु सन्तान प्राप्त नहुनुको कारण पत्ता लगाउने क्रममा चिकित्सकहरुबाट यो समस्या थाहा पाउन सकिन्छ । स्त्रीलाई यौन इच्छाहुँदा पुरुषलाई नहुने र पुरुषलाई योन इच्छा हुँदा स्त्री लाई नहुनुले गर्दा दम्पती बीच सम्बन्ध बिग्रने,दरार पैदा हुने सन्तान प्राप्ति नहुने पारिवारीक समस्या देखिने अनि दोस्रो बिबाह गर्न परिवारबाट दवाब दिने साथै सम्बन्ध बिच्छेद पनि भएको देखिएको छ । अन्दाजी १५% दम्पतीहरु निसन्तानपनको शिकार हुन्छन जसमा ५०% कारण पुरुषको कमजोरीले हुन्छ जसमध्ये यौन दुर्बलता पनि एउटा प्रमुख कारण हो ।
लिङ्ग उत्तेजना नहुने,उत्तेजना हुन समय लाग्ने,उत्तेजना भए पनि कडा नहुने,लिङ्ग कडा भए पनि योनी भित्र पसेपछि तुरुन्तै लुथु्रक्क पर्ने ,छिटो शक्तिहिन हुने,जसले गर्दा आफनो श्रीमती वा महिला साथीलाई यौन तृप्ति दिन नसक्नु,बीर्य योनीबाट बाहिर बगेर आउनु, पीडादायी योनक्रिडा हुनु बीर्यको स्खलन छिटो हुने आदि समस्याहरु देखिन्छन । पुरुषले कम्तीमा पनि दुई मिनेट भन्दा बढी सम्म यौनक्रिडा गर्न शक्नुलाई सामान्य मानिन्छ र सो भन्दा छिटो स्खलन भयो भने यसलाई शीघ्र स्खलन वा ‘Premature ejaculation’ भनिन्छ ।
लिङ्ग उत्तेजना र कडा हुनको लागी नसा र रक्त संचार,हर्मोन भन्ने रसायनिक पदार्थ र नसामा बग्ने बिभिन्न सकेंतयुक्त पदार्थहरु र लिङ्गमा हुने मासुको मुख्य भूमिका रहन्छ । लिङ्ग उत्तेजना र कडा बनाउन साथै यौनक्रिडालाई नियन्त्रण गर्न दिमागमा भएका Median Preoptic area and Paraventricular nucleus of hypothalamus भन्ने ठाउं हरुको मूख्य भूमिका रहन्छ । यिनीहरुकै निर्देशनमा बिभिन्न किसिमको रासायनिक तरल पदार्थ बिभिन्न नसाको माध्यमबाट लिङ्गसम्म सम्बन्ध राख्दछ र लिङ्ग उत्तेजीत र कडा हुने गर्दछ ।
के हो यौन दुर्वलता ?
सामान्य अर्थमा यौन इच्छामा कमी हुनुलाई यौन दुर्वलता भनिन्छ । यसको लक्षण मानसिक तथा शारीरिक दुबै रुपमा देख्न सकिन्छ । यौन इच्छामा कमि हुनु, यौन सम्पर्कमा रुची नहुनु जस्ता कुराले मानसिक रुपमा यौन दुर्वलताको संकेत गर्दछ भने यौन इच्छा वा सम्पर्कका बेला लिंगमा कडापन नआउनु, मोटो वा ठूलो नहुनु शारीरिक रुपमा देखिने यौन दुर्वलताको संकेत हो । अर्थात यो या त्यो जुनसुकै कारणले पनि यौनको भोग नलाग्नु वा यौनको प्यास मेटन नसक्नु यौन दुर्वलता हो ।
यौन दुर्वलता देखिनुको प्रमुख कारण मनोविज्ञान, तनाव, हर्मोनमा कमि र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनु हो । त्यसबाहेक व्यक्तिको खानपान, रहनसहन तथा जीवनशैलीले पनि यौन दुर्वलता बढाउन लागि मद्धत गर्छ ।
लिङ्ग उत्तेजीत र कडा हुनको लागी निम्न लिखित तीन मध्य कुनै उत्तेजनाको आवस्यक पर्दछ ।
हामीहरुले दम्पती सङ्ग कुरा गर्दा तपसील कुराहरुमा ध्यान दिनु पर्दछ ।
एक अध्ययन अनुसार यौन सम्बन्ध र जीवनशैलीमा तपसीलका अबस्थाहरुले असर पार्दछन । जस्तै:
दम्पती वा साथीको सम्बन्ध
अत्याधिक धुम्रपानले निकै नहुने प्रकारले रक्तसन्चार प्रणालीका सानासाना नसाहरुलाई नष्ट गर्दछ । हप्तामा ६०० मिली लीटर भन्दा बढी रक्सी सेवनले १७ देखी २९% ले यौन क्षमता घटाउछं ।
उपचारको आवश्यकता
सामान्यतया जुन मानिस शारीरिक रुपमा तन्दुरुस्त हुन्छ त्यो मानिसको यौन क्षमता पनि तन्दुरुस्त हुन्छ । धुम्रपानको आदतले निको नहुने गरी रक्त संचार सम्बन्धी नसाहरुलाई खराब गर्ने भएकोले यौन क्षमता घटाउछं । हप्तामा ६०० मि लि भन्दा बढी रक्सी सेवन गर्नेहरुलाई पनि योन समस्या देखिन्छ । उच्च रक्तचाप,धेरै कोलेस्टोरोल,मोटोपन,मधुमेय,साथै आलस्यपनले पनि यौन दुर्बलता बढाउछं । जुन मानिसलाई यौन दुर्बलता छ उनीहरुलाई मुटु र रक्त सन्चार सम्बन्धी रोग हुनसक्ने सम्भावना अत्यधिक हून सक्ने भएकोले तत्सम्बन्धी चिकित्सक सङ्ग परीक्षण गराई उपचार गराई हाल्नु पर्दछ ।
पुरुषको यौन दुर्बलताबाट बच्नको लागी अथवा आफुलाई यौन तन्दुरुस्त राख्नको लागी नियमित कसरत गर्ने,मोटोपन कम गर्ने,धुम्रपान र मध्यपान नगर्ने,पिसाप सम्बन्धी सक्रंमण भएमा उपचार गर्ने,उच्च रक्तचाप,मधुमेय सम्बन्धी औषधि सेवन गरेको भए मात्रा मिलाउने,रगतमा यदि धेरै चिल्लो पदार्थ छ भने उसको उपचार गर्ने । जो मानीस १० सेकेन्ड मा २० पाईला वा एक घण्टमा ४ किलोमिटर हिडन सक्दछ त्यो ब्यक्ति यौन क्षमतामा सक्षम मानिन्छ ।
उपचारका प्रयासहरु
यो समस्या मानशिक र शारीरिक दुबै कारण वा कुनै एक कारणले गर्दा हुने भएकोे हुदां चिकित्सकीय पद्धतिबाट पनि उपचार सम्भव भएकोले पहिले समस्याको कारणको खोजी गरी सोही अनुसारको उपचारको लागी सम्बन्धित चिकित्सककोमागई निराकरण गर्नुृ पर्दछ । अहिले निसन्तान दम्पतीको लागी ठुलो समस्या देखिएकोले चिकित्सकले दुबै दम्पती बीच आवश्यक परामर्श गरी समाधानका प्रयासहरु गरिन्छ । आजकल लिङ्ग उत्तेजनाको लागि औषधि पनी बजारमा प्रसस्त पाईन्छन तर यसको सेवन गर्दा चिकित्सकको सल्लाह अनुसारनै गर्नु पर्दछ । यसको साथै लिङ्ग उत्तेजना बढाउन बिभिन्न प्रकारका बिद्युतीय उपकरणहरु पनि बजारमा उपलब्ध छन यसको सही तरिका बाट प्रयोग गरेमा उक्त समस्याको समाधानको लागी सहयोग मिल्दछ ।
यौन दुर्बलताबाट बच्ने घरेलु उपायहरु
खाना जसले शीघ्रपतन वा यौन दुर्बलतालाई हटाउछं
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij