२०८२ भाद्र १० गते मंगलवार
हाम्रो स्वास्थ्यको लागी लाभदायक तरकारी हो चुकन्दर अर्थात बिटरुट । चुकन्दर बारे धेरैले कम सुनेको र देखेको होला । हेर्दा नै निकै लोभलाग्दो देखिने चुकन्दर निकै स्वादिष्ट हुन्छ । प्रशस्त पौष्टिक तत्वहरु पाइने चुकन्दर सबै उमेरका लागी निकै फाइदाजनक छ । यसको सेबन गर्नाले हाम्रो शरिरलाई धेरै फाइदा हुन्छ ।
प्रचिन कालमा यो तरकारीको प्रयोग यौन समस्या समाधान गर्न गरिने कुरा कताकतै सुनिन्छ । यसलाई प्राकृतिक भियाग्रा पनि भनिन्छ । यसको सेबन गर्नाले यौनशक्ति पनि बढाउँछ । चुकन्दरले शरीरमा अक्सिजन बढाउने गर्छ जसले गर्दा मस्तिष्क शक्ति नि राम्रो हुन्छ ।
चुकन्दर खादा शरिरमा रगतको कमि हुदैन । कन्दरमा फलिक एसिड उच्च मात्रामा पाइने हुनाले गर्भवती र शिशुको लागि पनि निकै फाइदाजनक छ । यसले गर्भवतीलाई अतिरिक्त उर्जा दिन्छ । चुकन्दरबाट नाइट्रिक अक्साइड निस्किन्छ, जसका कारण रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह बढ्दै जान्छ ।
यसमा धेरै बढी मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ जसले गर्दा एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ, यसमा मिनरल सिलिकासमेत हुन्छ ।
यसको सेबनले हर्मोन उत्पादनमा सहयोग पुर्याउछ । यसको सेबन गर्नाले ह्दयाघात हुन दिदैन । बालबालिकालाई नियमित चुकन्दर खुवाएमा पनि मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ।
यौन जीवन स्वस्थ र सुखद होस् भन्नाका लागि तपाइर्ंले आफ्नो खानपानमा ध्यान दिनु आवश्यक छ । भनिन्छ ‘जस्तो खानुहुन्छ अन्न, त्यस्तै हुन्छ मन’ । तपाई आफ्नो यौन जीवन पुनः सुखद र स्वस्थ होस् भन्ने चाहानु हुन्छ भने यी खानेकुराहरुलाई आफ्नो दैनिक भोजनमा समावेश गर्नु पर्छ ।
अण्डा
अण्डाले प्राकृतिक रुपमा यौन शक्ति बढाउन सहयोग गर्छ । अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ । अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ उर्जा थप्ने काम गर्छ ।
केरा
केरा यौनस्वस्थको लागि उपयुक्त हुन्छ । यसमा समावेश ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्न सहयोग गर्छ । यस बाहेक केरामा भिटामिन सी, ए र बी १ भरपुर मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ ।
हरियो तरकारी
हरियो तरकारीमा यौन इच्छा बढाउने तत्व हुन्छ । हरियो तरकारीमा अमीनो एसिड भरपुर मात्रामा हुन्छ, जन शरीरमा गएर नाइटि्रक अक्साइडमा परिवर्तित हुन्छ । त्यसले पुरुषहरुमा इरेक्शन लामो समयसम्म रहिरहन सहयोग गर्छ ।
खरबुजा
गर्मी मौसममा पाइने यो फलले तपाईको यौन शक्ति बढाउन सहयोग गर्छ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ, किनभने यसले भियाग्रा जस्तै काम गर्छ र यौन इच्छा तिव्र रुपमा बढाउछ । खरबुजामा लाईकोपीन, बीटा केरोटीन र सीट्रलाइन जस्ता फाइटोन्युट्रिएन्ट्स पाइन्छ, जसले रक्तप्रवाहलाई आराम पुर्याउन सहयोग गर्छ । खरबुजाको नियमित सेवन गर्नाले कामेच्छा बढ्छ ।
हरीयो र्खुसानी
खानालाई स्वादिलो बनाउने हरीयो खुर्सानीले तपाईको यौनजीवनमा पनि स्वाद बढाउने काम गर्छ । हरीयो खुर्सानी सेवन गर्नाले पुरुषको गोप्य अंगको वरपरका अंगहरुमा रक्त सञ्चार राम्रोसँग हुन्छ र कामोत्तेजना बढ्छ । त्यसैले आज बाट नै आफ्नो भोजनमा हरीयो खुर्सानी समावेश गर्नुहोस् ।
फर्सीको बियाँ
फर्सीको बियाँ महिला र पुरुष दुबैको प्रजनन क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ । त्यसमा जिंक, क्याल्सियम,पोटासियम र फस्फोरसको साथै भिटामिन सी,बी,डी,ई र के पाइन्छ, जसले कामेच्छा उत्पन्न गर्न सहयोग गर्छ ।
डार्क चक्लेट
डार्क चक्लेले कामेच्छा बढाउन मद्दत गर्छ । यसमा एल-आर्जिनिन र अमीनो एसिड हुन्छ, जसले यौन चाहानालाई प्राकृतिक तरीकाले बढाउनका सहयोग गर्छ । एजेन्सी।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij