२०८२ भाद्र १० गते मंगलवार
पछिल्लो समय एक पोर्न वेबसाइटमा देखाइएको एक विज्ञापनलाई मानिसहरुले व्यापक रुपमा पच्छ्याउन थालेका छन् । भाइस इण्डियाको रिपोर्टअनुसार एक चर्चित पोर्न वेबसाइटमा देखाइएको विज्ञापनमा एप्पल साइडर भिनेगर गुप्तांगमा हाल्दा गु प्तां गको लम्बाइ ६५ प्रतिशतसम्म बढाउन सकिने दावी गरिएको छ । यो वेबसाइटमा यो विज्ञापनका तीन संस्करण देखाइएका छन् । तर, डाक्टरहरुले भने यसो गर्नु निकै खतरनाक हुन सक्ने चेतावनी दिएका छन् ।
हेल्थ स्पानकी मेडिकल निर्देशक डा. सारा ब्रुवरले बेलायती अखबार द सनसँग कुरा गर्दै अनलाइनमा यस्ता कैयौं उत्पादनहरुले पुरुषको गुप्तांगको लम्बाइ बढाउन सक्ने दावी गर्ने भए पनि खासमा ती कम्पनीले पुरुषहरुको असुरक्षाको फाइदा उठाउने बताइन् ।
यी कम्पनीहरु आफ्नो मार्केटिङको सहारामा मानिसहरुको भावनासँग खेल्ने तर यी उत्पादनबाट कुनै फाइदा नहुने बताइन्। डा. साराले कुनै क्रिम लगाउने वा कुनै हर्बल सप्लिमेन्टबाट गुप्तांगको लम्बाइ बढाउन सकिन्छ भन्ने कुनै प्रमाण नभएको बताइन् ।
डा. साराका अनुसार एप्पल साइडर भिनेगर अम्लीय हुन्छ र यसको प्रयोगबाट जलन र सुन्निने समस्या हुन सक्छ त्यसैले यसलाई संवे दनशील अंगमा लगाउनु हुँदैन । तर, एप्पल साइडर भिनेगरका विषयमा हल्ला भने चल्दै आएका छन् । यसअघि इरेक्टाइल डिस्फंक्सनको समाधानको उपाय भनेर पनि एप्पल साइडर भिनेगरको प्रचार गरिएको थियो ।
त्यतिबेला एप्पल साइडर भिनेगरको प्रयोग गरेर इरेक्टाइल डिस्फंक्सनको उपचार गर्न सकिने दावी गरिएको थियो । मेडिकल न्यूज टुडेका अनुसार त्यतिबेला यस्तो दावी गरिएको भए पनि यो अध्ययन निकै कम नमूनाको साथमा गरिएको थियो र धेरैजसो नतिजा गलत आएका थिए । किनकि इरेक्टाइल डिस्फंक्सन जटिल कारणले हुन्छ जुन बेचैनी र तनाव जस्ता कारण पनि हुन् त्यसैले एप्पल साइडर भिनेगर यी समस्याको समाधानमा प्रभावी छैन । डा. साराले यदि कुनै व्यक्तिलाई गु प्तां गसम्बनधी समस्या भएमा विशेषज्ञकहाँ जान सुझाव दिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij