Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

नाइजेरियाको मस्जिदमा नमाज पढिरहेकामाथि गोली प्रहार, १६ जनाको मृत्यु

नाइजेरियाको मस्जिदमा नमाज पढिरहेकामाथि गोली प्रहार, १६ जनाको मृत्यु


  • 4.6K
    Shares

    नाइजेरियाको मस्जिदमा नमाज पढिरहेकामाथि गोली प्रहार, १६ जनाको मृत्यु
    images

    नाइजेरियाको नाइजर प्रान्तमा बन्दुकधारीले एक मस्जिदमा प्रवेश गरि १६ जनाको गोली हानी हत्या गरेका छन्। प्रान्तको मशेगु क्षेत्रको बारे गाउँमा भएको यस घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भएका बीबीसीले जनाएको छ।

    नाइजर प्रान्तका सरकारी अधिकारी अहमद इब्राहिम मतानका अनुसार बन्दुकधारीले बिहानको नमाज पढिरहेका मानिसमाथि गोली चलाएका थिए। 

    बन्दुकधारी मोटरसाइकलमा सवार थिए र उनले आउने क्रममा बाटोमा पनि एक जनाको गोली हानी हत्या गरेका समाचारमा जनाइएको छ।  

    एक अन्य घटनामा छिमेकी क्याटसिना प्रान्तमा एक सरकारी अधिकारीलाई निवासमा गोली हानी हत्या गरिएको छ। राबे नासिर नामका यी अधिकारी विज्ञान र प्रविधी मामलाका राज्यका आयुक्त थिए। 

    यसै हप्ताको सुरुमा सोकोटो प्रान्तमा बन्दुकधारीले एक बसमा आक्रमण गर्दा २३ जनाको मृत्यु भएको थियो। 

    प्रकाशित मिति :मंसिर २४ २०७८ शुक्रवार - १४:१६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij