२०८२ भाद्र १० गते मंगलवार
दिनभरको काम र थकानपछि, मानिसहरु बेलुकीको खाना निकै आरामसँग खान्छन् । यस मामिलामा, धेरैजसो मानिसहरु रात्रिभोज भारी बनाउँछन् र अर्को दिन चिया वा कफीसंग शुरू गर्छन् ।
यो त्यो समय हो जब तपाईलाई कुनै कामको चिन्ता छैन । भलै तपाई जतिसुकै रिल्याक्स भएपनि खानपानलाई लिएर धेरै सावधान हुन जरुरी छ । विशेषगरी रातको खानामा लापरवाही गर्नाले निन्द्रा मात्रै खराब गर्दै न कि यसले तपाईको स्वास्थ्यमा ठूलो नोक्सानी पनि पुर्याउँदछ ।
स्वास्थ्य विशेषज्ञहरु भन्छन् कि यदि खानपानको आदतलाई रातमा ध्यान दिइएन भने मधुमेह र रक्तचाप जस्ता धेरै स्वास्थ्य समस्याहरू हुनसक्छ । राति ढिलो खाना खानुदेखि लिएर सुत्नु भन्दा केही क्षण पहिले खाना खानाले मोटोपना, मुटु रोग र स्ट्रोक को जोखिम बढ्छ।
यो बानीले स्वास्थ्यलाई हरेक हिसाबले हानि पुर्याउँछ। आउनुहोस् त्यस्ता केही चीजहरूको बारेमा जानौँ जो सुत्नुभन्दा केही क्षण अगाडि खानु हुँदैन नत्र यसले सुत्न मात्रै गाह्रो हुँदैन साथै कयौँ गम्भिर स्वास्थ्य समस्यासमेत हुनसक्छ ।
फ्राइड फूड्स
आलु चिप्स, फ्रेन्च फ्राइज र बर्गर जस्ता उच्च क्यालोरीयुक्त खाना खानाले पाचन प्रणालीमा दबाब पर्न सक्छ ।
डिनरमा यी चिजहरु खाँदा तपाइँको निद्रामा बाधा पुग्न सक्छ। तपाइँ सुत्दा ग्यास, कब्जियत वा कुनै अन्य समस्या महसुस गर्न सक्नुहुन्छ। डाक्टरका अनुसार, राती ढिलो गरी यी उच्च क्यालोरी भएका खानेकुराहरु वाटर रिटेंशनको कारण बिहान उठ्दा तपाईको स्किन टाइट भएको महसुस हुनेछ । यद्यपि केही समयपछि यो विस्तारै सामान्यहुँदै जान्छ । यसका कारण हात र खुट्टाको सुन्निन थाल्छ । यसको अलवा खुट्टाको दुखाइ पनि बढ्छ।
चिया वा कफी
धेरै मानिसहरुको खानापछि चिया वा कफी पिउने बानी हुन्छ। यो बानी विशेषगरी राती अबेरसम्म काम वा अध्ययन गर्नेहर मा अधिक देखिन्छ। चिया वा कफी पिउँदा तपाइँ केहि समयका लागि सक्रिय महसुस गर्न सक्नुहुन्छ, तर यो बानीले लामो समयसम्म निन्द्रा नलाग्ने, चिन्ता वा निन्द्रा खराब हुनसक्छ ।
मसालेदार खाना
यदि तपाइँ ढिलो खाना खाईरहनुभएको छ भने तपाइँ कुनै पनि प्रकारको मसालेदार खाना खानबाट बच्नुहोस् । सुत्नुभन्दा केही क्षण पहिले यस किसिमका खाना खानाले तपाईको पाचन प्रणाली खराब हुनसक्छ जसकारण खाना पचाउन समस्या हुन्छ । पेट खराब हुनुको असर तपाईको निद्रामा पनि पर्न सक्छ।
मीठो खाना
धेरै मानिसहरुको खानापछि मीठो केहि खाने बानी छ। यद्यपि डाक्टर भन्छन् कि सुत्नु भन्दा पहिले मिठाई खाँदा धेरै समस्याहरु हुन सक्छ। राती मिठाई खाँदा इन्सुलिन प्रतिरोधमा असर पर्छ। खानापछि कुनै शारीरिक गतिविधि गरिदैन र एक समयपछि इन्सुलिन प्रतिरोध मधुमेहको सम्भावना बढ्छ।
मद्यपान
राती मद्यपान गर्नाले मस्तिष्कमा प्रत्यक्ष असर पर्छ। स्नायु प्रणालीमा प्रभावको कारण, मस्तिष्क गतिविधिहरु ढिला हुन्छ। अध्ययन अनुसार, राती अबेरसम्म अल्कोहल पिएपछि निद्रा लाग्दैन । यस बाहेक, यसले शरीरमा ग्लुकोज घटाउँछ । जसको कारण शरीर भित्रबाट कमजोर र बिरामी हुन थाल्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij