Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

यस्ता छन् तिब्र गतिमा केश झर्नुको कारण

यस्ता छन् तिब्र गतिमा केश झर्नुको कारण


  • 5.4K
    Shares

    • images
    यस्ता छन् तिब्र गतिमा केश झर्नुको कारण
    images

     काठमाडौँ । खासगरी अहिले हरेक व्यक्तिलाई केश झर्ने समस्याले सताएको छ । कहिं खराब डाइट त कहिले दिन–दिनै बढिरहेको तनावको कारणले पनि यस्तो भैरहेको हुन्छ । तर, यदि ठूलो मात्रामा तपाईंको केश झरिरहेको छ भने यो चाहिं चिन्ताजनक कुरा हुन पुग्दछ । हामीले केश झर्नबाट रोक्ने अधिकांश उपायहरु अपनाइसकेका हुन्छौं ।

    यद्यपि, केश झर्नुका पछाडि कुनै रोग अथवा बिरामी पनि हुन सक्दछ भन्ने कुरालाई भने हामी वास्ता गरिरहेका हुँदैनौं । यदि तपाईं रोगका कारण पनि कतै केश झर्छ र रु भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं शत प्रतिशत सही सोच्दै हुनुहुन्छ । केश झर्नु र बिरामीसंग के सम्बन्ध छ भन्ने कुराका बारेमा हामी यहाँ चर्चा गर्दछौं । यसका साथै ती बिरामीका बारेमा समेत बताउने छौं ।

    तनाव हो सबैभन्दा ठूलो कारण

    केश झर्ने सबैभन्दा ठूलो कारण नै हामीले लिने तनाव हो । यदि तपाईं प्राय डिप्रेशनको शिकार भैरहनु भएको छ भने पनि तपाईंको केश झर्न थाल्छ । कुनै पनि व्यक्ति डिप्रेशनको शिकार हुनुभन्दा अघि लामो समयसम्म चिन्ता तथा तनावले घेरिएको हुन्छ ।

    त्यस्तो बेला हार्मोनको उत्पादन नै हुँदैन र पाचन प्रणाली समेत नराम्ररी प्रभावित हुन्छ । साथै खानपिन पनि राम्ररी नहुनाले हाम्रो केशले आवश्यक पोषण पाउन सक्दैन । त्यसकारण केश झन थाल्छ ।

    थाइराइड पनि हुनसक्छ कारण

    थाइराइड पनि केश गर्ने कारण बन्न सक्छ । थाइराइड डिसअर्डको सही उपचारले न केवल तपाईंको केश गर्ने क्रम रोकिन सक्छ, उल्टो नयाँ केश उम्रने सम्भावना पनि अत्यधिक हुन्छ । त्यसैले तिब्र गतिमा केश झर्न थाल्यो भने तुरुन्त डाक्टरसंग सम्पर्क राख्नु पर्छ ।

    ब्लड प्रेशर पनि हुनसक्छ कारण

    कतिपय व्यक्तिहरुको ब्लड प्रेशर अनियन्त्रित हुन्छ । लामो समयसम्म हाई ब्लडप्रेशर भइरहनु पनि केश झर्ने कारण बन्न सक्छ । रगतमा सोडियमको मात्रा अधिक हुन्छ र त्यसको फ्लो शरीरमा राम्ररी हुन पाउँदैन । त्यस्तो भएपछि हाम्रो केश तिब्र गतिमा झर्न थाल्छ ।

    क्यान्सरमा पनि झर्छ केश

    क्यान्सर जस्तो गम्भिर बिरामीमा पनि तिब्र गतिले केश झर्न थाल्छ । त्यस्तो अवस्थामा यो पनि उक्त रोगको एउटा संकेत हुन सक्छ ।

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १६:५१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij