Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अदुवा खानुको विभिन्न फाइदाजनक कुराहरु जान्नुहोस्

अदुवा खानुको विभिन्न फाइदाजनक कुराहरु जान्नुहोस्


  • 5.8K
    Shares

    • images
    अदुवा खानुको विभिन्न फाइदाजनक कुराहरु जान्नुहोस्
    images

    काठमाडाै‌ ।  नेपाली घरमा अत्यन्त कम किचनहरु छन् हाेला जहाँ अदुवा नै नहाेस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा त जाडाेमा चियामा पनि हालेर खाइन्छ । चियामात्र हाेइन, अदुवा हालेर जाडाेमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महा‌औषधीसमेत भन्ने गरिएकाे छ । 

     

    अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फाेरस, आइरन, जिन्क, कपर तथा क्राेमियमजस्ता पाेषक तत्व पनि पाइन्छ । यी सात कारणलाई ध्यान दिएर पनि अदुवालाई हामीले हाम्राे दैनिक डाइटमा समावेश गर्नु पर्ने हुन्छ :

     

    ब्याक्टेरियासँग लड्छ

    अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसकाे नियमित सेवन गर्दा घाँटीकाे संक्रमण हुनबाट हामी बच्न सक्छाैँ ।

    रेडिकल्स नष्ट गर्छ

    शरीरमा पैदा हुने फ्रि रेडिकल्सलाई निस्तेज गर्न पनि अदुवाले सहयाेग गर्छ । यस्ता रेडिकल्सले हाम्रा काेशहरुमा नाेक्सान पुर्याउँछन् ।

    दुखाई हटाउँछ

    अदुवाकाे प्रयाेगले हड्डी तथा जाेर्नीहरुमा हुने दुखाइ पनि कम गर्छ । यसमा हुने तत्वले अर्थराइटिस अर्थात् बाथराेगहरुबाट पनि हामीलाई टाढा राख्न सहयाेग गर्छ ।

    रगत सफा गर्छ

    अदुवाले हाम्राे रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्राे रगत सफा गर्न धेरै नै सहयाेग गर्छ ।

    पाचन प्रक्रिया र राेगविरुद्ध लड्ने क्षमता बढाउँछ

    अदुवाकाे प्रयाेगले हाम्राे पाचन प्रक्रिया पनि बलियाे बन्छ । यसले हाम्राे ताैल घटाउन पनि सहयाेग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयाेग गर्छ ।

    खाेकी कम लाग्छ

    अदुवाले शरीरलाई बलियाे बनाउनुका साथै हामीलाई लाग्ने खाेकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्राे बनाउन पनि यसले सहयाेग गर्छ ।

    दुखाइ कम गर्छ

    अदुवाले हाम्राे रक्तसंचारलाई सुधार गर्ने भएकाले नियमित रुपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दाे उमेरमा अदुवा खानु अझ राम्राे हुन्छ ।

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १३:५४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij