२०८२ कार्तिक १३ गते बिहिवार
 
                                                    भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुनस् नयाँ दिल्ली फर्किएको छ ।
जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो । ‘मेडिकल आपतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ , ‘ एयर इन्डियाका एक अधिकारीले भने ।
विमानस्थल अवतरणपछि चिकित्सकहरुको एउटा समूह विमानभित्र विरामीको परीक्षण गरेको थियो । समूहले तत्कालै विरामीलाई मृ त घोषित गरेको थियो ।
मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेको जनाइएको छ । शवलाई सोही विमानमार्फत अमेरिका पठाइएको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij