Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

दैनिक दिल्ली एयरपोर्टमा भेटिन थाले ओमिक्रोनका संक्रमित

दैनिक दिल्ली एयरपोर्टमा भेटिन थाले ओमिक्रोनका संक्रमित


  • 5.5K
    Shares

    दैनिक दिल्ली एयरपोर्टमा भेटिन थाले ओमिक्रोनका संक्रमित
    images

    बिहीबार भारत आएका चारजना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। नयाँ दिल्ली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको परीक्षणका क्रममा पेरिसबाट आएका तीनजना र लन्डनबाट आएका एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको भारतीय दैनिक इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले समाचारमा जनाएको छ। 

    हिजो बुधबार पनि आम्सटर्डमबाट नयाँदिल्ली उत्रिएका तीनजना र लन्डनबाट उत्रिएका एकजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। ओमिक्रोन संक्रमण देखिएका विदेशीलाई लोक नायक अस्पताल पुर्‍याइएको थियो। 

    दक्षिण अफ्रिकामा गत नोभेम्बर २४ मा ओमिक्रोन पहिलोपटक देखिएको थियो। त्यसयता विश्वका बिभिन्न मुलुकमा पनि ओमिक्रोन देखिएपछि बिशेष सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सबै मुलुकलाई बिशेष आग्रह गरिसकेको छ। 

     

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - १६:५१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij