Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्मरणशक्ति बढाउन खानुहोस् यस्ता खानेकुरा !

स्मरणशक्ति बढाउन खानुहोस् यस्ता खानेकुरा !


  • 6.3K
    Shares

    • images
    स्मरणशक्ति बढाउन खानुहोस् यस्ता खानेकुरा !
    images

    काठमाडौँ ।  शिशु र बालबालिकाको उमेर, विकासात्मक अवस्था र क्षमता अनुसार उनीहरुको खानपानमा पनि विशेष ध्यान दिनु पर्छ ।

    शिशु आमाको गर्भमा हुँदा आमाको भोजनबाट नै उसलाई चाहीने पोषण प्राप्त गर्छ । तर बच्चा जन्मिइसकेपछि ५ वर्ष सम्म बालबालिकाको खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ । शिशुको पाचन प्रणाली कमजोर हुने भएकोले सजिलै पचाउन सकिने खानेकुरा खुवाउनु पर्छ ।

    उमेर बढ्दै जाँदा बच्चाको पाचन प्रणाली बलियो हुँदै जान्छ । त्यसैले उनीहरुको उमेरअनुसार खानेकुराको मात्रा र खानाको परिकार बढाउँदै लानु पर्छ । त्यसैले ५ वर्ष सम्मको बालबालिकाको आहारमा यी कुराहरु समावेश गर्न सकिन्छ :

    – बच्चा जन्मेपछि ६ महिनासम्म पूर्ण रुपमा स्तनपान मात्र गराउनुपर्छ । शिशुले आवश्यक पोषण आमाको दूधबाट नै प्राप्त गर्छन् ।
    – ६ महिनापछि बच्चालाई आमाको दूधबाहेक लिटो, जावला तथा पुरक खानाहरु खुवाउन थाल्नु पर्छ ।
    – ६ महिना देखि २ वर्ष सम्मका बालबालिकालाई आमाको दूधसँगै लिटो वा पोषिलो जाउलो बनाएर खुवाउनुपर्छ । जाउलोलाई थप पोषिलो बनाउन हरियो सागपात (जस्तै रायो, लट्टे, सलगम, पालुंगो) गाजर एक देखि दुइ चिया चम्चा मसिनो टुक्रा पारिएको मासु वा कलेजो राखेर पकाउन सकिन्छ ।
    – दुई वर्ष पछि बालबालिकाको पाचन प्रणाली पनि विकास हुँदै जाने भएकोले अन्न तथा कन्दमुल,गेडागुडी तथा दाल, सागपात तथा फलफूल, दुध,अण्डा, माछा, मासु आदि पनि खानामा समेटिनु पर्छ ।
    मस्तिष्क विकास तथा स्मरण शक्ति बढाउने खानाहरु
    – अण्डामा प्रोटिन, भिटामिन तथा खनिज तत्व लगायतका थुप्रै पौष्टिक तत्व पाइन्छ जसले बालबालिकाको शारीरीक मात्र नभई मस्तिष्क विकास गर्न मद्त गर्छ ।
    – त्यसैले ६ महिनापछि बालबालिकाको खानामा दैनिक अण्डा पनि समावेस गर्नु पर्छ ।
    – फलफुलमा शरिरलाई चाहिने भिटामिन तथा खनिज पदार्थ पाइने हुनाले बालबालिकाको खानामा दैनिक रुपमा मौसम अनुसारको फलफुल समावेश गर्नुपर्छ ।
    – ड्राई फ्रुटहरुको सेवनले पनि बालबालिकाको स्मरण शक्ति बढाउँछ । त्यसैले लिटोमा ओखर,बदाम जस्ता ड्राई फ्रुटहरु मिसाएर दिन सकिन्छ ।
    – दैनिक दूध सेवनले बालबालिकालाई शारीरीक रुपमा तन्दुरुस्त बनाउनुको साथै मस्तिष्कलाई पनि स्वस्थ राख्छ ।

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - १३:१८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij