Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

जापानमा ओमिक्रोन संक्रमण पुष्टि, १८ वटा देशमा फैलियो

जापानमा ओमिक्रोन संक्रमण पुष्टि, १८ वटा देशमा फैलियो


  • 8.3K
    Shares

    जापानमा ओमिक्रोन संक्रमण पुष्टि, १८ वटा देशमा फैलियो
    images

    जापानमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । नामिबियाबाट मंगलबार पुगेका एक ३० वर्षिय यात्रुमा संक्रमण पुष्टि भएको हो ।

    ती व्यक्तिले टोकियोको नारिता विमानस्थलमा कोरोना परीक्षण गरेका थिए । परीक्षणमा नयाँ भेरिएन्ट पुष्टि भएको हो । जापानले मंगलबारदेखि लागू हुने गरी सबै विदेशी यात्रुलाई यात्रा प्रतिबन्ध लगाएको छ ।

    आजसम्म १८ वटा मुलुकमा ओमिक्रोन संक्रमण पुष्टि भैसकेको छ । जसमा जापान, स्वीडेन, स्पेन, पोर्चुगल, क्यानडा, अष्ट्रेलिया, चेक रिपब्लिक, अष्ट्रिया, डेनमार्क, इजरायल, बेल्जियम, इटाली, हङकङ, जर्मनी, नेदरल्यान्ड्स, बेलायत, बोत्स्वाना र दक्षिण अफ्रिका छन् ।

    प्रकाशित मिति :मंसिर १४ २०७८ मंगलवार - १६:२८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij