Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

दाँतमा किरा लाग्नबाट बच्न यी उपायहरु अपनाउनुहोस्

दाँतमा किरा लाग्नबाट बच्न यी उपायहरु अपनाउनुहोस्


  • 5.1K
    Shares

    • images
    दाँतमा किरा लाग्नबाट बच्न यी उपायहरु अपनाउनुहोस्
    images

    काठमाडौँ । दाँतले केवल खानेकुरा चपाउने काम मात्र गर्दैन यसले अनुहारको सुन्दरता पनि बढाउँछ । तर दाँतमा हुने विभिन्न रोग तथा लापरबाहीले यसलाई बिगार्न सक्छ । अझ दाँतमा किरा लाग्ने समस्या धेरै मानिसमा देखिएको छ ।

    गुलियोले मात्र नभई अन्य जुनसुकै खानेकुराले पनि दाँत बिगार्न सक्छ । खानेकुरा दाँत वा मुखमा रहँदा एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने गर्दछ । किरा लाग्नबाट दाँतलाई यसरी जोगाउन के गर्ने त ?

    1.  दाँत माझ्न प्रयोग गर्ने मन्जन फोलोराइडयुक्त मात्र प्रयोग गर्ने ।

    2.  दाँत माझ्न सकेसम्म नरम ब्रसको प्रयोग गर्ने ।

    3.  हरेक पटक खानेकुरा खाइसकेपछि अनिवार्य मुख कुल्ला गर्ने ।

    4.  हरेक महिना दाँत माझ्ने ब्रस परिवर्तन गर्ने ।

    5.  चिसो पेय पदार्थ गिलास वा बोतलबाट पिउँदा दाँतको बाहिरी भागमा खिइन सक्छ त्यसैले यस्तो पेय पिउन पाइपको प्रयोग गर्ने ।

    6.  बच्चालाई सुतेर खानेकुरा खुवाउँदा खाना मुखमै हुने भएकाले यसले एसिड उत्पादन तिब्र बनाउँछ । त्यसैले सकेसम्म सुतेर खानेकुरा तथा दूध नखुवाउने । ख्वाए मुख कुल्ला गर्न लगाउने ।

    7.  बिहान बेलुका खाना खाइसके पछि अनिवार्य दाँत ब्रस गर्ने ।

    8.  दाँतमा केही मात्रामा पहेँलो, कालो देखिए तत्काल उपचार गर्ने ।

    9.  हरेक ६ महिनामा एक पटक दाँतको चेकअप गराउने ।

    प्रकाशित मिति :मंसिर १३ २०७८ सोमवार - १३:५०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij