२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेका भारतका फिल्महल विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण कम हुन थालेपछि फिल्महरु सिनेमा घरमा रिलिज भएका छन् ।
यस्तै पछिल्लो समय सलमान खान अभिनित फिल्म 'अन्तिम' को निकै चर्चा छ । महेश मान्जरेकरको निर्देशनमा बनेको फिल्म 'अन्तिम'ले पहिलो दिनमा नै राम्रो कमाइ गरेको छ । फिल्मले पहिलो दिन शुक्रबार साढे ४ करोड कमाई गरेको छ ।
यस्तै दोस्रो दिन फिल्मले साढे ५ करोड कमाई गरेको छ । यस्तै आइतबार फिलमले साढे ७ करोड कमाई गरेको छ । प्रदर्शनमा आएको तीन दिनमा यस फिल्मले १८ करोड कमाई गरिसकेको भारतिय मिडियामा जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij