Logo

२०७८ माघ १५ गते शनिवार

images

यी हुन् कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने देशहरु!

यी हुन् कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने देशहरु!

खबर सेन्टर

१२ मंसिर २०७८
  • 1.5K
    SHARES
  • images
    images
    यी हुन् कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने देशहरु!
    images
    images

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।

    images
    images
    images

    अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीका नागरिकलाई विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका हुन् ।

    ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी दर्शाउन डब्लूएचओले सबै देशलाई निर्देशन दिएको छ । यो भेरियन्ट ठूलो संख्यामा उत्परिवर्तन भएको पनि डब्लूचएओको भनाई छ । डब्लूएचओले शुक्रवार ओमिक्रोन नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सक्रमण बढेको जनाएको थियो । वैज्ञानिकहरूले यो भेरियन्टबारे थप अध्ययन गरिरहेका छन् ।

    images
    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १४:०४:३१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार