Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

रुसको कोइलाखानीमा आगलागी : ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते

रुसको कोइलाखानीमा आगलागी : ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते


  • 4.2K
    Shares

    रुसको कोइलाखानीमा आगलागी : ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते
    images

    रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो ।

    घटनामा ४९ मजद्र घाइते भएका छन् भने केही घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ ।

    रुसमा पछिल्लो एक दशकमा भएको खानी दूर्घटनामा यो नै ठूलो मात्राको हताहती हो । मिथेन ग्यास निस्किरहेकाले विष्फोट हुन सक्ने भन्दैे उद्धार कार्य पनि रोकिएको छ । खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    २८५ जना मजुरले काम गरिरहेको खानीमा दुर्घटना भएपछि अधिकारीहरु भने भागेका थिए । राजधानी मस्कोबाट ३५ सय किलोमिटर टाढा केमेरोभो क्षेत्रमा यो खानी रहेको छ ।

    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - ११:५७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij