Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

धेरै कफी पिउनु उपयुक्त हुन्छ वा हुदैन जान्नुहोस्

धेरै कफी पिउनु उपयुक्त हुन्छ वा हुदैन जान्नुहोस्


  • 5.4K
    Shares

    • images
    धेरै कफी पिउनु उपयुक्त हुन्छ वा हुदैन जान्नुहोस्
    images

    काठमाडौं । कफी पिउनुका आफ्नै फाइदा/बेफाइदा छन् । तर, हालै भएको एक अनुसन्धानले भने कफी पारखीलाई एकपटक सोच्न बाध्य बनाएको छ । 

    अस्ट्रेलियाका वैज्ञानिकका अनुसार दैनिक ६ कपभन्दा बढी कफी पिउनाले यसको सिधै असर मष्तिष्कमा पर्ने देखिएको छ । 

    फलस्वरुप यसले डिमेन्सिया(बिर्सिने रोग) हुने खतरा ५८ प्रतिशत हुनेसँगै स्ट्रोकको पनि खतरा देखिएको छ । 

    कफी कसरी हानीकारक ?

    कफीमा पाइने क्याफिन नामक तत्वले सिधै हाम्रो दिमागको नर्भस सिस्टममा असर पार्छ । यसैको असरका कारण कफी पिएपछि ‘रिल्याक्स्ड’ महसुश हुन्छ । 

    तर, यदि यसको मात्रा चाहिने भन्दा बढी भएमा क्याफिनले दिमागमा नकारात्मक असर छोड्न थाल्छ । उदाहरणका लागि निन्द्रा नलाग्नु । 

    कफी पिइरहेको समयमा त्यहाँ भएको क्याफिन रगत हुँदै पूरै शरीरमा फैलिन्छ । जसकारण यसको असर सजिलै दिमागमा पर्छ । 

    तर, असर परे पनि हामीलाई थकान महशुस हुँदैन । किनभने क्याफिनले दिमागको ‘एडिनोसिन’ नाम गरेको न्यूरोट्रान्स्मिटरलाई ब्लक गर्दिन्छ ।

    एडिनोसिनले नै हामीलाई थकान महसुश गराउँछ । तर, क्याफिनले त्यसलाई ब्लक गरिदिएपछि हामी ‘फ्रेस’ भएको महशुस गर्छौं ।

    डायटिसियन सुरभी पारिकका अनुसार क्याफिनले हामीलाई केही हदसम्म फाइदा पुर्‍याउँछ । 

    तर, यसको सेवन अधिक मात्रामा भयो भने नोक्सान हुने हो । एक दिनमा ३ सय देखि ४ सय मिलिग्राम भन्दा बढी क्याफिनको सेवन गर्नु हुँदैन । दिनमा एकदेखि दुई सानो कपमा कफी सेवन गर्न सकिन्छ । 

    भोक नलाग्ने र शरीरमा पानीको कमी

    क्लिनिकल डायटिसियन पारिकका अनुसार क्याफिनको सेवनपछि मानिसले आफूलाई शारीरिक र मानसिक रुपमा एकदम ऊर्जावान भएको महसुश गर्छ । 

    कफी पिएपछि उसले धेरै काम गरे पनि थकान महशुस गर्दैन । तर, जब क्याफिनको मात्रा धेरै हुन जान्छ, त्यसपछि भोक पनि कम लाग्छ जसकारण शारीरिक तौल घट्न थाल्छ । 

    क्याफिनको मात्रा धेरै भएपछि नै राम्रो निन्द्रा पर्दैन, धेरै भन्दा धेरै पिसाब लाग्छ र शरीरमा पानीको पनि कमी हुन्छ ।

    क्याफिनको अधिक सेवन गरेपछि शरीरमा ऊर्जा बढ्नुको असर रक्तचापमा पनि पर्छ । यसले व्यक्तिहरुमा उच्च रक्तचापको समस्या  निम्त्याउन सक्छ । 

    जसले मुटुमा पनि असर छोड्न सक्छ । त्यसकारण क्याफिनको मात्रा अधिक सेवन गर्नबाट बच्नुपर्छ । 

    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १७:२१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij