Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री बनेकी म्याग्डालेनाले शपथ खाएकै दिन किन दिइन् राजीनामा ? यस्तो छ कारण!

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री बनेकी म्याग्डालेनाले शपथ खाएकै दिन किन दिइन् राजीनामा ? यस्तो छ कारण!


  • 5.8K
    Shares

    स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री बनेकी म्याग्डालेनाले शपथ खाएकै दिन किन दिइन् राजीनामा ? यस्तो छ कारण!
    images

    काठमाडौं । स्वीडेनका लागि पहिलो महिला प्रधानमन्त्री बनेकी सोसल डेमोक्रेटिक पार्टीकी नेता म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएकी छन् । 

    बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त भएको केही घण्टामै उनले राजीनामा दिएकी हुन् । गठबन्धन सरकारमा साझेदार रहेको ग्रिन्स पार्टीले समर्थन फिर्ता लिएपछि प्रश्न उठ्ने गरी पदमा रहनु भन्दा सोसल डेमोक्रेटिक पार्टीको एकल सरकारको प्रधानमन्त्री हुने भन्दै उनले राजीनामा दिएकी हुन् ।

    गठबन्धन सरकारले ल्याएको बजेट संसदबाट अस्वीकृत भएपछि ग्रिन्स पार्टी साझेदारीबाट पछि हटेको थियो ।

    स्वीडेनमा महिलाले मतदान गर्ने अधिकार पाएको १ सय वर्षपछि महिला प्रधानमन्त्री बनेकी म्याग्डलेनाले एक पार्टीको सरकारको प्रधानमन्त्री हुने अपेक्षा राखेकी छन् ।

    नयाँ सरकार गठन नहुन्जेल अब, स्वीडेनमा अन्तरिम सरकार रहने भएको छ ।

    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - ११:५९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij