२०८२ कार्तिक १३ गते बिहिवार
आफ्नो प्रेमी–प्रेमिकासँग अन्तरङ्ग प्रेम सम्बन्ध धेरैलाई फरक फरक ढङ्गले राख्ने मन हुन्छ । केही अनौठो किसिमले आफ्नो प्रेमी–प्रेमिकासँग विमान भित्र अन्तरङ्ग प्रेम सम्बन्ध राख्न चाहनेहरूलाई भनेर हालै एक विमान कम्पनीले सेवा सञ्चालन गरेको छ ।
अमेरिकाको नेभाडामा रहेको एक कम्पनीले कुनै पनि प्रेमी–प्रेमीकाले उडिरहेको विमानमा एक आपसमा अन्तरङ्ग प्रेम सम्बन्ध राख्न चाहन्छन् भने उनीहरूलाई उक्त सुविधा उपलब्ध गराउने जनाइएको छ । लासभेगासको अकासमा विमानले फन्को मार्ने क्रममा कुनै पनि जोडिले विमान भित्र अन्तरङ्ग प्रेम सम्बन्ध राख्न पाउनेछन् । लासभेगासवाट दुई इन्जिनको सेस्ना विमानबाट दिइने यो सुविधाको समय भने ४५ मिनेट तोकिएको छ ।
कम्पनीले यो सेवालाई ‘लभ क्लाउड’ बादल भित्रको प्रेम राखेको छ । यो सेवा लिन चाहने जोडीले १ लाख साढे १७ हजार रुपैंया ४५ मिनेटको विमान उडानलाई तिर्नुपर्नेछ । यो शुल्कमा विमानमा यात्रा गर्ने एक जोडीलाई लचकदार डस्ना जसमा आकर्षक रातो तन्ना उपलब्ध गराइएको हुन्छ ।
यो सेवाको विमान चलाउने पाइलट क्याप्टेन एन्टोनी ब्लेकले भने, ‘यात्रुलाई हाम्रो तर्फबाट कुनै किसिमको अप्ठ्यारो महसुस हुँदैन । उनीहरूको कोठा र हाम्रो ककपिटलाई पर्दाले छुट्ट्याएको हुन्छ भने हामीले हेडफोन लगाएको कारण उनीहरूको आवाज सुन्दैनौँ ।’
यो विमानबाट अन्तरङ्ग प्रेम सम्बन्ध राखेका जोडीहरूले विमानको उडान अवधि निकै कम भएको कारण कतिपय अवस्थामा आफूहरूले अन्तरङ्ग सम्बन्ध राख्न नपाएको गुनासो पनि गरेका छन् । यात्रुको यो मागलाई मध्यनजर गर्दै विमान सेवा कम्पनीले करिब १ लाख ७८ हजार रुपैयाँमा एक घण्टाभन्दा केही बढी समय निर्धारण गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij