Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता श्रेष्ठ

मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता श्रेष्ठ


  • 5.3K
    Shares

    मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता  श्रेष्ठ
    images

    मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शनिबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसाकार लगायतले उनलाई त्रिभुवन विमानस्थल बिदाई गरेका थिए ।

    ‘मिस वर्ल्ड’ १६ डिसेम्बरमा अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुँदैछ । कोरोना महामारीको कारण गतवर्ष स्थगित भएको प्रतियोगिता फेरि सुरु भएको हो ।  त्रिभुवन विमानस्थलमा अमेरिका उड्नु अगाडि श्रेष्ठले यो पटक ‘मिस वर्ल्ड’ को ताज नेपाल ल्याउने आफ्नो लक्ष्य रहेको  बताइन् । ताजका लागि भोटिङदेखि हरेक पाइलामा सबैको साथको अपेक्षा आफुले गरेको उनले सुनाइन् ।

    मिस वर्ल्डका लागि नम्रताले दुई भिडियोसमेत तयार पारेकी छन् । एक भिडियोमा उनको परिचय रहेको छ भने दोस्रोमा ब्युटी विथ पर्पस विधाका लागि उनले धादिङमा निर्माण गरेको झोलुंगे पुलको जानकारी छ । दुबै भिडियोले आफुलाई उपाधि जित्न सहयोग पुग्ने उनले विश्वास ब्यक्त गरेकी छन् । 

    त्यसको अलवा उनले नेपालको कला संस्कृति झल्कने पहिरन समेत त्यहाँ प्रस्तुत गर्नेछिन् ।

     
     

    प्रकाशित मिति :मंसिर ५ २०७८ आइतवार - १२:०७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij