Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी चम्सुरी फर्किइन् अभिनयमा

विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी चम्सुरी फर्किइन् अभिनयमा


  • 5.7K
    Shares

    विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी चम्सुरी फर्किइन् अभिनयमा
    images

    कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् । दुबै मृगौला फेल भएका कारण विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् ।

    आफु अभिनयमा फर्किएको डंगोलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘आज बेलुका ‘मेरी बास्सै हेर्नुहोला । म भेट्न आउँदैछु ।’

    चम्सुरी अभिनयमा फर्किदा ‘मेरी बास्सै’ युनिटले छायाङ्कन सेटमा भव्य स्वागत समेत गरेको थियो । उनको मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी रहेको छ । करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना अगाडि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । सोही समयदेखि उनी अभिनयबाट टाढा भएकी थिइन् ।

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - १२:४४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij